Skip to content

मेरी आमाको सिउँलो पु्छिएको देखें

वैरीलाई पर परै छेक्ने कोही छैन
नेपालीको मनको बह देख्ने कोही छैन ।।

ठान्दा होलान् वैरीलाई भगाइन्छ यस्तो
सत्रहजार आफ्नै दाजु भाइ मारे जस्तो ।।

कलाकारको गाउँदा गाउँदै गलो बसेको छ
मित्रताको नाममा आज ब्वाँसो पसेको छ ।।

मित्र देख्नु पर्ने ठाउमा शत्रु लेख्न थालें
धरापमा मेरो देश मैले देख्न थालें ।।

देश थाम्ने युवा उतै ताबेदारी गर्छन्
ओखतीको थोपो बिनै आमाबाबु मर्छन् ।।

सपना पनि रगतले मुछिएको देखें
नेपालको सिउँदो मैले पुछिएको देखें ।।

लिपुनिर बाउको शिर तछारेको देखें
आमालाई माझ सडकमा पछारेको देखें ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *