Skip to content

श्रीकृष्ण जन्मोत्सव


बाल श्याम नटखट, चकचक गर्ने काम,
खेलखेल झट पार्यौ, काली नाग परधाम ।

कृष्ण तिम्रो पाला गाई, चर्थे वनमा रमाई,
दिन्थे दूध जति खाई, खायौ बाँडेर रमाई ।

सङ्कट पर्दा उद्धार, पर्वतै गर्यौ उठाईं,
घनघोर पानी पार्ने, लाज मर्नु इन्द्र्लाई ।

गाईकै नाम पुकारी, बने पुजारी सत्ताका,
एक मुठी घाँस दिन्नन्, लालची मात्र भत्ताका ।

बाँबाँ गर्दै आँसु झार्दै, गुहार माग्दै डराई,
चर्चतिर लखेटिए, कठै उद्धार नपाई !

आऊ गोवर्धनधारी, अब मुरली बजाऊ,
बोलाऊ गाण्डिवधारी, धनुष टङ्कार गराऊ ।

गीताका ज्ञान सिकाऊ, अनुरोध हामी गर्छौं ।
श्रीकृश्णोत्सवमा हामी, शान्तिको कामना गर्छौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *