Skip to content

कांको आमाइको दिन चर्या (धिमाल कविता)


का एलोङ डोकोता
कांको आमाइको जिवन कथा तिङ्खाँ
किया बाखोरको डाँकता ल्होसिखें
हस्यङ्फस्याङ पाकाताङ
र्हिमा, र्हिमाङभरि
खाजा चिको तयारिता जुटिका तिङ्खाँ
दिन न्हिसिन इस्काङ दैनिक दोहोरिखें
कांको आमाइको हरेकपल जिवन गाथा ।

म्हुँइका ओनेहेङ दुदुआम्पा आम्पाकाताङ
जेलाउ कोल्हेता तें, जेलाउ गान्धिता फुका तिङ्खाँ
र्हिमा, र्हिमाङ धन्दा पालि दोअतेङ
इन्सिकाङ दुहुनि गाइं सिहार्काताङ
म्हुँइका ओने गान्धिता फुतेङ
दुधें येंका तिङ्खाँ
कालाउ, ओसो……
डेरि थेकेपा पिपुका तिङ्खाँ
काङ्को आमाइं !

दलाल रो नाफाखोरको व्यापार भाइपाङ
समयेदोसाङ पौठेजोर घाकाताङ
दैनिक प्रान बान्चिपालि
यताङ साको कोठाबारि वरिपरि
मुनाफाको निउता परिवार
बाँन्चि पाचाखें
काङ्को आमाइं !
जेलाउदोङ ल्होनासो माजिम्सा थेकेपा
उम चाचुतेङ्सो माजिम्सा थेकेपा
इस्काङ जोड घटाउको
अनगिन्ति हिसाबगेलाइं
अस्त व्यस्त तिङ्खाँ खुरगेलाइं
ए डोकोको घाँसि लिता
का, कांको आमाइको जिबन व्यथा तिङ्खाँ ।

सन्तानको लागि
भान्छा कोठाता उस्काङ
नियति तिङ्खाँ
दूदु चिनि चिता लिथो घोलितेङ
म्हुँइका आनाउहेङ आम्पाका तिङ्खाँ
बान्सालाइं बान्सा लोलाउ
दु:ख म्होतेङ
स्वागत सत्कारता जुटिका तिङ्खाँ
तरो आमाइं, ताइको म्हितुहेङ
म्होतेङ
भेम्ति कालाउ,
लेङ मुचुपा चेन्थ्राहोइं योकाताङ
जेलासेलाउ लेङ मुचुपा लेङ्पिका तिङ्खाँ
जिन्दगि तें, इस्काङ हिनि दोकाताङ !
काङ्को आमाइं ।

एन्साङवला निम
का एलोङ डोको लिता
सेङ्खुरुका घासि सरि
जिन्दगि लेता खुकादोसाङ
कांको आमाइंको स्वपना सेङ्खुरुका तिङ्खाँ
जिस्का हिस्काङ दु:ख पिडाता बुङ
मिति म्होतेङ सन्तानको लागि
जिन्दगिभरि दुखपातेङ बुङ
कांको आमाइं लेङ्का तिङ्खाँ ।

(नेपालीमा अनुवाद)
मेरी आमाको दिन चर्या

म एउटा डोकोमा
मेरी आमाको जीवन कथा देख्छु
भालेको डाँकमा उठेकी
हस्यङ्फस्याङ गर्दै
बिहान पाखभरी
मेलापातको तयारीमा जुटेकी देख्छु
दिन रात यस्तै दैनिकी दोहोरीन्छ
मेरी आमाको, हरेकपल जीवन गाथा ।

सानो बहिनीलाई स्तनपान गराउँदै
कहिले काखमा त, कहिले ढाडमा बोकेको देख्छु
बिहानी पख धन्दा गरिसकेपछि
त्यस्तै दुहुनो गाई सिहार्दै
सानो बहिनी ढाडमा बोकेर
दुध दुहेको देख्छु
अनि ! पर ……
डेरिसम्म पुर्‍याएको देख्छु
मेरी आमा !

दलाल र नाफाखोरको व्यापार झै
समयसँग पौठेजोरी खेल्दै
दैनिकी प्राण बचाउन
यही घरको कोठेबारी वरिपरि
मुनाफाको निहुमा परिवार
बचाउ छिन्
मेरी आमा !
जहिल्यै उठेदेखी नसुतेसम्म
खाना खाएदेखी नखाएसम्म
यस्तै जोड घटाउको
अनगिन्ती हिसाबहरू
अस्त व्यस्त देख्छु हातहरू
एक डोकाको घाँस भित्र
म मेरी आमाको जीवन व्यथा देख्छु ।

सन्तानको निम्ति
भान्छा कोठामा उस्तै
नियति देख्छु
दूध चिनी पानीमा लिठो घोलेर
सानो बहिनीलाई पिलाएको देख्छु
पाहुना पाता आउँदा
दु:ख लुकाएर
स्वागत सत्कारमा जुटेको देख्छु
तर आमा, आफ्नो आँसुलाई
लुकाएर
पसिना अनि,
मुस्कान खास्टोले पुछ्दै
कहिलेकाहीँ मुसुक्क हाँसि दिन्छिन्
जिन्दगी त, यस्तै हो नि भनेर !
मेरी आमा !

त्यसैले होला !
सधैँ म एउटा डोको भित्र
ओइलाएको घाँस सरी
जिन्दगीको ओरालोसँगै
मेरी आमाको सपना ओइलिएको देख्छु
जस्तोसुकै दुख पीडामा पनि
आँसु लुकाएर सन्तानको निम्ति
जिन्दगीभर दु:ख गरेर पनि
मेरी आमा हाँसेको देख्छु ।

२०७६ वैशाख ३० सोमबार ।
डम्बर धिमाल राजदोङ्ये (प्राकृति)
नपा. उर्लाबारी-८ मोरङ, दुर्गापुरी ।

धिमाल भाषा शब्दावली-
तिङ्खाँ= देख्छु,
ल्होसिखे= उठ्छिन,
र्हिमा= बिहानै,
दुधें= दुध,
भेम्ति= पसिना,
लेङ मुचुपा= हाँसो मुस्कान,
मिति= आँसु,
म्हुँइका= सानो,
चि= पानी,
म्होतेङ= लुकाएर,
कोल्हेता= काखमा,
बान्सालाइ= पाहुना,
आम्का= पिउने,
आमाइ= आमा,
फुका= ढाडमा बोक्नु,
उम= भात,
बुङ= पनि,
सेङ्खुँरुका= सुकेको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *