Skip to content

श्रम मेरो अथक मूल्य तोक्दछ अर्कैले यहाँ
कर्म मेरो भाग्य उस्तै अर्कैको खुल्दछ यहाँ
न पाए श्रमको मूल्य न बुझ्दछ श्रम महिमा
न जाग्यो उर्जा श्रमजिवीमा न आयो चेतना

श्रम गर फलको आशा नगर भन्दै हुर्कियौं
श्रमै लाग्छ मिठो श्रमका मिठा फल खायौं
श्रमको मर्म महत्व ठुलो बुझ्ने खै मालिक
श्रमै हो उर्जा जगाउने उजेलो सूर्यकै सरह

कोही भन्छन् कर्म गर फलको आस त्याग
कोही भन्छन् छोड सबै कर्मको नै पान गर
श्रम दुःख होइन यस्को मूल्य महिमा छ ठुलो
श्रम के हो खै ? श्रम गर्नु भनेको कर्मै गर्नु हो

कर्म गर्नु दुःख हो भने श्रमको अर्थ दुःख हो ?
सार्थक गर्दा कर्म श्रमले उचाई पाउँदछ त्यो
श्रमकै आँडमा सफलता उचाईमा पुर्‍याउँछ
कर्मयोगी बनाई श्रमले मानले बाँच्न सिकाउँछ

श्रमले हुन्छ जीवनको सार्थकता त्यही सत्य मिठो
श्रम गर्नु संघर्षले नै जीवन सार्थक बनाउँछ छिटो
संघर्ष गर्नु हो श्रम यसर्थ श्रम कुनै दुःख होइन
श्रमले आवश्य सुख दिन्छ फल मिठो भोग गर्न

सार्थक ढंगको श्रमले नतिजा दिन्छ मिठो फल
श्रम हो सुख शान्ति पाइने बन्छ जीवन सफल
श्रमप्रति इमान्दार भएर अनुशासित कर्मशील
पाखुरी खियाउ बगाई पसिना खुल्छ भाग्यद्वार

श्रम गर्न लाजै लाग्छ भनी सानो हुनु भन्ने अझै छ
श्रम गर्नु भनेको दुःख हो दुःख हुन्छ भन्ने बुझाई छ
श्रम नै सुखको सर्वोच्व स्रोत हो त्यही मूहान हो
जीवन र श्रमले एकै अर्थ राख्छ जिउने आधार हो

सुविधा भोगी भई सुखको खोजीमा श्रम त्याग्दैछौ
श्रम हो जीवन सार्थक हुने श्रम गर्नबाट पन्छिदैछौं
इमानको कर्म बेच्न चाकडी गर्ने को अन्ध भक्त छ
श्रमै बेच्न पत्ताउनुपर्छ नत्र को कसलाई राख्दछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *