विश्वको सुन्दर सपना बोक्ने हामी ती आत्मा हौँ
जागेर हामी विश्वलाई नै आश्चर्य पारिदिऊँ
मङ्गल गीत गाउँ न हामी सबैका हितमा
निरोगी बाँचुन् जीवात्मा सब सबैका प्रीतमा ।
कसैले पनि नपाउन् दुःख पृथ्वी भरिमा
सुखले बाँचुन् यो जगतभित्र यसमै छ गरिमा
कल्याण गरौँ सक्दो सबको नगरौँ तिरस्कार
नत्र नन्म हुने छ हाम्रो त्यसै नै बेक्कार ।
जडी र बुटी संरक्षण गरौँ हिमाली पाखामा
त्यो संञ्जीवनी पाइन्छ यहीँ नेपालकै काखमा
चिनेर खोजौँ लुकी बसेका अजस्र स्रोतलाई
झुकाउँन सक्छौँ हामीले पनि विदेशीहरूलाई
चेतमा शक्ति विकास गरी विवेकी बनौँ न
कल्याणकारी पाइला सारी मूलबाटो खनौँ न
विपत्ति कहिल्यै नपरोस् भोग्न सबको होस् उन्नति
सुख र शान्ति देख्दा सबमा हाँस्ने छिन् प्रकृति ।
संगीता प्रियम्बदा लुइटेल
भक्तपुर