Skip to content


भनिदेऊ न तिम्रो पनि बढ्छ ढुकढुकी
मेरै जस्तो राग छ कि छैन प्रीति रती

तिमी हाँसे हिमाल झैं मन मेरो हाँस्छ
दुख पीडा मनका सारा तिमी देखे भाग्छ
नयाँ लहर नयाँ जोश नयाँ जाँगर फल्छ
निभ्दो बत्ती चम्किएर आभा नयाँ दिन्छ

भनिदेऊ न तिम्रो पनि बढ्छ ढुकढुकी
मेरै जस्तो राग छ कि छैन प्रीति रती

कुसुमका नयाँ रङ्ग नयाँ नयाँ रुप
सुगन्ध्को वहार हो कि सुनौलो धुप
कामनाले सजिएको उल्लासित नगर
प्रीत भन्ने मायलु को समस्त यो सगर
भुली जान बैराग पो कहिले छाउँदैन
आँखामाझ बस्यो तस्वीर कहिले हटदैन

भनिदेऊ न तिम्रो पनि बढ्छ ढुकढुकी
मेरै जस्तो राग छ कि छैन प्रीति रती

Leave a Reply

Your email address will not be published. Required fields are marked *