Skip to content

बुबाको मुख हेर्ने दिन


छोरो आउने बाटो कुर्ने बुबाका आशै मिठो लाग्छ
मैले खुट्टा ढोग्दा सधैं हसाउँने बातै मिठो लाग्छ

घर आइज कान्छा हामी तेरो बाटो कुरिरहेका छौ
पल पल झक्झकाइरहने बुबाका हातै मिठो लाग्छ

छोराको यादमा टोलाइरहने बुबाका नजरहरू
मेरै यादमा अनिदो बसेका ती रातै मिठो लाग्छ

छोराको सानो सफलतामा पनि धेरै खुशी हुने
सधैं नजिक भइरहने बुबाका ती साथै मिठो लाग्छ

-लिला बल्लभ नेपाल, बिराटनगर
मोवाइलः 9851019539

Leave a Reply

Your email address will not be published. Required fields are marked *