Skip to content

ढुङ्गाे हाे कि मन तिम्राे


ढुङ्गो हो कि मन तिम्रो, बुझ्दैन भावना यो मनका
देखाऊँ कसरी भन माया सपना मेरा यी नयनका
ढुङ्गो हो कि मन तिम्रो….

म माग्ने छैन सुख नै सुख, दुखमै बाँचौंला
कति झर्लान पिएर आँशु एक छिन हाँसौंला
गोरेटोभरि काँडा नै काँडा मेरो यो जीवनका
छ बिन्ती मेरो बुझ न भावना प्रिय यो मेरो मनका
गोरेटोभरि काँडा नै काँडा ..

न सके चढ्न उकाली के भो ओराली झरौंला
बाधा जति आउन् जिन्दगीको यो खोली तरौंला
न सके चढ्न ओराली…

तोडेर ल्याउने खाँदिन बाचा कसम त्यो जुनका
माया चोखो छ दिन्छु भन्दिन गहना यो सुनका
तोडेर ल्याउने खाँदिन…

एकै पल भए पनि हाँसी हाँसी खुसीले बाँचौंला
यात्रा न हो जिन्दगी के भो आँशुसँग बगौंला
ढुङ्गो हो कि मन तिम्रो, बुझ्दैन भावना यो मनका

Leave a Reply

Your email address will not be published. Required fields are marked *