Skip to content


मझेरी अनि नेटका भरी मेरा छन् विचार,
खुल्लम खुल्ला आँकेको मैले शिक्षाको प्रचार ।
निःशुल्क पढ्न सबैका लागि मेरा छन् किताब,
छैन नि कतै भलाइ गर्दा पाइने खिताब ।
तैपनि भीत्रै छुनाले गर्दा गरेको लेखनी,
पढ्नू न सबै उर्जाका लागि जसरी जेगरी ।।

गाली नै गर उडाऊ धज्जी स्वीकार गर्नेछु,
बुद्धको ध्यान लिएको मैले सुधारी टेर्नेछुँ ।
बेकारी भने त्योभन्दा बढी सुध्रन डट्नेछु,
साकारी भने त्योभन्दा राम्रो हुनमा खट्नेछु ।
तालीमा दिए सम्झिन्छु म त सुनेछौ मलाई,
जे गरी हुन्छ, धेरैका लागि, गर्नेछु भलाइ ।।

कर्मका कार्य जेजत्ति छन् ती त्यसैमा जुटौँ न,
देश र जन सुधार्न तम्सी जुरुक्क उठौँ न ।
श्रमका लागि कहिल्यै पनि कुभलो नरोजौँ,
जत्ति नि गरे केही नि हुन्नँ यसरी नसोचौँ ।
अथक योद्धा बनेर हेर हीरीलो बन्नेछौ,
सुस्ताई बसे कोइला हुन्छ, ठीरीलो हुनेछौ ।।

नोट : यो असारे लयको कविता हो ।

२०७७ असोज १
प्रतिक्रियाका लागि [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *