Skip to content

आशाको नौलो किरण


आशाको नौलो किरण बाल्नुछ अब
चिटिक्क पार्न जिन्दगी टाल्नुछ अब

पीडाहरू एकाएक आए नि अनगिन्ती
खुसी भर्न यी दु:खलाई फाल्नुछ अब

प्रगतितिर लम्किएका पाइलाहरू मेरा
बिस्तारै भए नि कछुवाझै चाल्नुछ अब

बाधक बनिरहेका बिसङ्गति र कुरीति
जरैदेखि अहिले नै सब उखाल्नुछ अब

Leave a Reply

Your email address will not be published. Required fields are marked *