Skip to content

हाम्रा दृष्टान्त अनि  बृतान्त
फरक घोषित  अघोषित
युद्धमा होमिएको लडाकु जस्तै
पल पल द्रब्यदान ले बाचिरहेछ
दधिचि ऋषि गुमनाम छन तेसै
यहाँ भुगोल दान दिनेको चर्चा परिचर्चा छ
स्वार्थले कलङ्कित मात्तिएको त्यो रुखोपन
अनि मेरो देशले फेर्न नपाएको नभेटेको अक्सिजन
कपुत ब्वासोले स्वशाशित मेरो राज्यमा
बलात्कारि भ्रष्टाचारी आदमखोरी हैन
सम्पन्नता समुन्नत अमनचयन फासिमा झुन्डिरहेछ्न
यमराजको कोर्‍रा को आवाज अनि तातो तेल
मेरि आमाको दन्ते कथा
कथा हुन या वास्तविकता
सपना हुन या बिपना कुनै फरक छैन
पल पल भय र त्रासले स्वास फेर्न बिर्सिरहेछ्न
राम राज्य भनी फुइ लगाउनु कत्रो लाजमर्दो
स्वर्ग मर्त्य र पातल करुणिक रुवाइले दबदबा छ्न
शकुनिको कुटिल राजनीति चालले
अनेकौ दुराचारी को अराजकता र अत्याचारमा
भएका वाल्मीकि पनि धमाधम रत्नाकर बन्दैछ्न
हाय !!! यो राज्यको पिण्डतन्त्र
सहिद कसकसलाइ भन्ने
पल्लाघरे काइला बा को पनि कुकुर मरेको छ
अब के छ भनेर गर्व गर्ने हामिले ?
सुन्दर शान्त त एकादेशको कथा भाछ
बुद्ध उतै जन्मेको भ्रामक हावा चल्छ
सगरमाथा चढन उतैबाट टिकट काटे पुग्छ
राज्यका नदिनाला उतैका हैकम बाट बग्छ्न
झलमल पार्छु भन्छिन राप्ती गण्डकी र कोशी
तर
कठैबरा
कत्ती नि स्वतन्त्रता छैन तिनलाइ
सास फेर्न पनि अरुकै स्वीकृति पर्खिनु पर्छ
अब के मा छाती चौडा गर्ने ?
बहादुरी कि चौकिदारिमा ?
हे यो लुटतन्त्रका  लङ्गडा पुजारीहरु हो
उल्टो मन्त्र कहिले सम्म पढ्छौ ?
श्रापित कलङ्कित कुलङ्घारहरुको जमातले
भुगोल स्वभिमान सङग सङ्गै
ईतिहास पनि  बेचिसके
सहनसिलताको हद पार भैसक्यो
बरु अब
कुनै एस्तो एउटा परिक्षण केन्द्र खोलियोस
हरेक दम्पतीलाइ देश प्रेमको ममता पिलाइयोस
किनकी
यहा
एउटा सन्तान त जन्मिनै पर्छ
स्टालिन हुन या बुस
नेतन्याहु हुन या हिटलर
गद्दाफी र सद्दाम हुसेन नै किन नहुन
आफ्नो अस्तित्वलाई माया गर्ने
एउटा तेस्तो ब्याक्ती
जसबाट
एउटा युग
एउटा तेस्तो युग
अनि
नया युग कोरियोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *