Skip to content

गजल : सत्ता फेरिएन

गथ्र्यो पञ्चायतले शोषणको सास्ती उधूम !
आँधी झैँ उर्लिन्थ्यो पहिले तानाशाही हुकुम !

क्रान्ति भयो रे तर पाउ यत्ति सारो मल्नु पर्ने कि
भन्दैछन् सबै रैती बनी “को पहिले भुकुम ?”

बोतल फरक रक्सी उही, भन्नैपर्ने सरकार ! अझै
फरमान आउने ठाउँ भयो अब रोल्पारुकुम ।

जताततै भयो राजनीतिको दुर्गन्धित फोहोरी खेल
खोजिरहेछु वुद्धको देशमा “खै कहाँ छ कुसुम ?”

घरको चेलीबेटी नै असुरक्षित हुन थालेपछि
लाग्छ भाला खुँडो लिएर रातभरि ढुकुम ।

२०२० अक्टोबर २१
प्रतिक्रियाका लागि [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *