Skip to content

विनेसाम नेपाल शाखाले मनायो लक्ष्मीजयन्ती


कार्तिक २९, २०७७ ।
काठमाण्डौं

लक्ष्मीप्रसाद देवकोटाका ११२ औं जन्म जयन्तीको अवसरमा लक्ष्मीपूजाको विशेष दिनमा भर्चुअल माध्यमबाट रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ।

कोरोनाले विश्वभर महामारी रुप लिइरहेको विषम परिस्थितिमा लामो समयपछि अनलाइनको माध्यमद्वारा साहित्यिक क्षेत्रमा देवकोटाले पुर्याएको योगदानको स्मरण गर्न आयोजित कार्यक्रममा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका साहित्यकार तथा सदस्यहरुले लक्ष्मीप्रसाद देवकोटाको बारेमा चित्रण गरिएका विभिन्न गीत, कविता, गजल, मुक्तक जस्ता रचना वाचन गरेका थिए। साथै देवकोटाले नेपाली साहित्यमा निभाउनु भएको भूमिका बारे संक्षिप्त अन्तरक्रिया समेत गरिएको थियो।

कार्यक्रममा शाखाका साहित्यकार वासु श्रेष्ठ, साहित्यकार सीता बिष्ट कार्की र साहित्यकार संजाल शर्माले कविता वाचन गर्नुभएको थियो भने ढुण्डीराज ढकालले गीत गाएर कार्यक्रमको थप सौन्दर्य बढाउनु भएको थियो ।

त्यसैगरी बरिष्ठ साहित्यकार कल्पना पौडेल “जिज्ञासु” तथा कल्पना राईले गजल वाचन गर्नुभएको थियो भने सुभद्रा घिमिरे, केशु पोखरेल खनालले मुक्तक वाचन गर्नुभएको थियो।

लक्ष्मीपूजा तथा उज्यालो पर्व तिहार अवसरमा आयोजित कार्यक्रमको अन्तमा डिजिटल देउसीभैलो खेली समापन गरिएको थियो।

लक्ष्मीपूजाको दिन जन्मिनुभएका देवकोटाको जन्म-जयन्तीको अवसरमा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको आयोजनामा आयोजित कार्यक्रममा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल ” जिज्ञासु” को अध्यक्षतामा सुरु भएको कार्यक्रममा शाखाका उपाध्यक्ष केवी पौडेलले कविता वाचनसँगै स्वागत मन्तव्य राख्नुभएको भएको थियो । सञ्चालन शाखाका सचिव संजाल शर्माले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *