Skip to content

यथार्थका मुना मदन

20200921_161920

रुदो हो वृक्ष फक्रेका फुल ओइलाइ जादा मा
हरिको जीवन कसरी बित्छ? मन ती छ राधा मा
बुझिदेउ राधा पर्खेर बसे म छिट्टै आउला
कमाइ धेरै खुसिका पोका घर अनि सजाउला

ए मेरा हरि जिन्दगी भरी यो प्राण हजुर को
बिना ती मन्दिर के अर्थ भो र सुन कै गजुर को
एक गाँस आधा बाडेर खाउला सङ्ग सङ्गै बसेर
कटाउला जीवन दुख र सुख सङ सङै हासेर

खोला को ढुङ्गा पुजिन्न राधा मन्दिर न आइ
फर्केर छिट्टै आउनेछु प्यारि आफ्नो केहि बनाइ
बुवालाई लाठी आमालाइ ढुङ्गरि तिमी लाई फरिया
कसेर ल्याउछु खुसी लाई बोकि बनाइ भरिया

चाहिन्न मलाइ ढुङ्री र सारि भैदिए छेवैमा
पौरख गरौ खियाइ नङ्ग्रा सुन फल्छ मेवैमा
सिरानी भिजाइ दिन रात याहा म बाबा आमाको
भएर खुसी कसरी बस्नु साथ नभै छायाको

सुनिदेउ राधा ए मेरि प्यारी लामो छ जीवन
हासि र खुसी बिताउन यहाँ चाहिने त्यो धन
ती वृद्ध बाबा आमाको मुहार सम्झेर झलझली
बिरानो मुलुक बिरानो शहर मन रुन्छ धरधरि

ए राजा मेरा सुनिदेउ बिन्ती चाहिन्न त्यो धन
कोइली ले मेरो बिरह बोल्छे सुन्दिने त्यो बन
के अर्थ भो र ? ती धन भै हजुर साथमा नभए
सङ्गै दुई बसि दुख लाई जिति मनाउला बिजय

Leave a Reply

Your email address will not be published. Required fields are marked *