Skip to content

अमेरिकामा विद्यापति समारोह : विद्यापतिलाई ‘मिलेनियम’ कविको संज्ञा

BidhyapattiNewsPhoto

अमेरिकामा बसोबास गर्ने नेपालका तराईबासीहरुको संस्था ‘एसोसिएसन अफ नेपाल–तरायन इन अमेरिका’ (एन्टा) ले वाशिङ्गटन डिसीबाट ‘विद्यापति समारोह अमेरिका–२०२०’ को आयोजना गर्यो । यो भच्र्युअल समारोहका सहभागीहरुले विद्यापतिलाई ‘मिलेनियम’ कवि भएको जनाउंदै मिथिला/मैथिलीमा उनीबाहेकका अन्य काव्यकारलाई पनि उत्तिकै सम्मान दिनु पर्ने औल्याए । उनीहरुले मैथिली भाषामाथि भईरहेको षडयन्त्रप्रति सचेत रहन सबै सरोकारवालाहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा पूर्व प्राज्ञ, साहित्यकार, पत्रकार एवं लेखक #रामभरोस_कापडि भ्रमरले मैथिली साहित्यको शुरुवात ७ औं शताब्दीमा भएको जनाउँदै यसमा महाकवि विद्यापतिको अतूलनीय योगदान रहेको बताए । उनले भने, ‘ अपभ्रंश मैथिली (अवहठ) मा १५ वटा ग्रन्थ लेखेका विद्यापति नेपालमा १२ वर्ष बिताएका थिए ।’

अर्का सहभागी लेखक एवं साहित्यकार #रामनारायण_देवले नेपालमा पहिलो पटक काठमाडौंमा ०२३ मा विद्यापतिलाई स्मरण गर्न उमाकान्त कुँवर, डा.डम्बरनारायण यादव र पण्डित सुन्दर झा ‘शास्त्री’ को अगुवाईमा विद्यापति पर्वको आयोजना गरिएको जनाउँदै त्यसअघि यहाँ विद्यापतिको चर्चासम्म नगरिएको बताए ।

साहित्यकार #डा._राजेन्द्र_विमलले नोवेल पुरस्कार विजेता रविन्द्रनाथ ठाकुरसमेत विद्यापतिबाट प्रभावित रहेको स्मरणगर्दै विद्यापतिलाई ‘मिलेनियम कवि’ को संज्ञा दिए । उनले भने, ‘सन १३८७ यता विश्वमा विद्यापति जस्ता कविको जन्म भएकै छैन ।’

वरिष्ठ पत्रकार एवं लेखक #रामरिझन_यादवले एक जना बंगाली लेखकले सन् १८७५ मा विद्यापतिलाई मैथिली कवि भएको भनेपछि बल्ल मिथिलामा उनको चर्चा हुन थालेको बताए । उनले भने, ‘ त्यसअघि विद्यापति बंगाली कवि रहेको मान्यता थियो । त्यसैले विद्यापतिबारे गहन अनुसन्धानको आवश्यकता छ । ’ उनले एउटा छुट्टै प्रसंगमा मैथिलीमाथि षडयन्त्र भईरहेकाले सबै मातृभाषा सचेत रहनु पर्ने औल्याए ।

कार्यक्रममा मैथिली साहित्यकार #देवेन्द्र_मिश्रले विद्यापतिका बारेमा भन्दापनि मैथिली भाषाप्रति आफ्नो चिन्ता व्यक्त गर्दै भने, ‘मैथिली पढ्न र लेख्न नआएको गुनासो धेरै मैथिली भाषीको रहेकाले यसको समाधान मैथिली भाषालाई शिक्षाको माध्यम बनाएर गर्न सकिन्छ ।’ अर्का लेखक एवं साहित्यकार #रोशन_जनकपुरीले विद्यापति रहस्यवादी कवि भएको स्मरण गर्दै पछिल्लो समय उनलाई देवकरण गर्न खोज्नु दुखद रहेको बताए । ‘हरेक पक्षलाई समालोचनात्मक दृष्टिकोणले हेर्नु पर्छ । मैथिलीमा धेरै अन्तरविरोध रहेकाले विभिन्न भाषाबाट यसलाई थ्रेट छ ’ उनले भने, ‘ मैथिलीमा धेरै डाइलेक्ट भएपनि एउटै समुदायको डाईलेक्टमाथि जोड दिनुनै समस्याको मुल कारण हो । ’

भच्र्युअल समारोहका अर्का सहभागी मैथिलीका अनुसन्धानकर्ता, साहित्यकार एवं पत्रकार #दिनेश_यादवले १४ औं शताब्दीका महाकवि #विद्यापतिले पहिलो पटक संस्कृत भाषाबाहेक जनभाषामा काव्य रचना गरेको बताए । ‘संस्कृत भाषाबाहेक अन्यमा लेखे विद्वान कहलाउनबाट बञ्चित हुनु पर्ने युगमा विद्यापतिले मैथिलीको अपभ्रंश ‘अवहठ’ भाषामा १५ वटा ग्रन्थकृति लेखेर ठूलै साहस गरेका थिए’, उनले भने, ‘विद्यापतिले सात सय भन्दा बढी पदावली (गीति पद्य) मैथिली भाषामा लेखेका थिए । ती सबैलाई शृंगार, भक्ति र व्यवहार पदमा बाँडिएका छन् । ’
उनले विद्यापतिलाई कुनै अमुक ‘बाद’ को स्कुल बनाउनु अनुचित भएको बताए । ‘मैथिलीमा सबैभन्दा बढी पढिएको, लेखिएको र उच्चारण गरिएको शब्द हो विद्यापति । यो खुशीको कुरो हो ’ उनले भने, ‘तर #काव्यसाहित्यमा उनी भन्दा पहिलेका #डाक, #घाघ_भड्डरी, #अमीर_खुसरोसहितको चर्चा किन कम भए, जबकी यी श्रष्टाहरुको रचना अहिले पनि जन–जनको मुखारविन्दूमा उत्तिकै लोकप्रिय छन् ।’ उनले मैथिलीमा विद्यापति र तुलसीबाहेक #सूर, #कबीर, #मीरा, #घाघ, डाकलगायतको साहित्य रचना विरलै पाउनु दुखद रहेको बताए । एन्टाका प्रवक्ता #मोहनकुमार_यादवको सक्रियता र संयोजनमा आयोजित कार्यक्रमका अन्य सहभागीहरुमा साहित्यकार #प्रेम_विदेह, पत्रकार #श्यामसुन्दर_यादव, #अर्जूनप्रसाद गुप्ता ‘दर्दिला’ तथा एन्टाका #विजय_सिंह, #रामकृष्ण_साह, #ईन्द्र_साह, #कञ्चन_ठाकुर, #अरबिन्द_कर्णसहित अधिकांश पदाधिकारीहरु थिए ।

साहित्यकार रामभरोष कापडिको सभापतित्व रहेको कार्यक्रममा वरिष्ठ संगीतकार एवं गायक #गुरुदेव कामत, युवा गायक #सन्तोष सानु र गायिकाहरु #सोनाली_कर्ण, #तनुजा_चौरसिया, #अन्जली_पटेल र #अन्जू_यादवले विद्यापति रचित गीत प्रस्तुत गरेका थिए ।

https://madheshinepali.blogspot.com/2020/12/blog-post_22.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *