Skip to content

म मेरो मातृत्व अनि आज को परिवेश
सुक्ष्म सुक्ष्म गरि खण्डिकृत मेरो मौलिकता
आत्मियता सद्भाव अनि नया युगको पुनर्जीवन
हाइ यी मेरा सामाजिक कुण्ठाले फेरि घाटि निचोर्न आइपुग्छ्न
चार जात छत्तीस वर्ण परिवर्तन भैसक्यो
प्रतिगामी भइन्छ त्यो कुरा गरे
अब भन दाजै म के गरौ ?

बोल्ने मे रो सास र सामर्थ्य निरीह
हराउदै गरेका घरका खम्बाहरु
छिमेकीको धुर्बे हात्ती आतंक
मतलब नै छैन याहा कसैलाइ
छ त केवल युद्ध निम्त्याउने जातिय पहिचान को
अब भन दाजै
नेपालै नरहे हामी कुन प्रदेशका रहौला र !!

तिम्रा जोस जागर र भासण
साचै मान्छे उचाल्ने बिरोधाभाष
तेइ माटोको लागि दुई शब्द बोलिदेउ दाजै
कत्ती सम्म हेक्का होला तिमी लाई
जुन बीउ रोप्यै तिमीले
कालान्तरमा येउटा भयानक बिसालु सर्प बनी
आफ्नै सन्तति प्रती डसिरहेछ
तिमी त मुस्कुराइ रहन्छौ
अब भन दाजै म के गरौ ?

हिजो को हिमाल पहाड र तराइ
आज आफैमा अनौठो उपनाम गुथिएर
हिमाल पहाड र मधेस भएकोछ
छिमेकी ड्राइभर दाइ भन्छ्न
गोरखकाली टायर पनि कमसल हुदैछ रे
मधेस को माग ले
क्वालिटी हैन क्वान्टिटी खोज्या छ रे
बिजनेस मज्जै ले सप्रेको छ तिम्रो
आफ्नो अपरेसन को म्याद काटी सक्यो
लिदै गरेको ओखती सकि सक्यो
तिमी गाडी जलाउदैमा ब्यस्त छौ
खल्ती टन्न छ तिम्रो
अब भन दाजै म के गरौ ?

दशै तिहार भन्दा नेपाल बन्द ठूलो चाड भाको छ
भुत भविस्य र वर्तमान
सबै भयानक सन्नाटामा निसासिरहेछ्न
तिमी त जातिय द्वन्द्वमा देउसिरे खेल्न ब्यस्त छौ
अब भन दाजै म के गरौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *