Skip to content

मेरी आमा बाटोमा आखा लाउदी हुन्


लाज छोप्न मेरी आमा
टाल्य लुंगी लाउदी हुन्,
ऋण उठाउन काजीका बुढी
मेरो घरमा आउँदी हुन् !

कपाल कोर्न फुर्सद छैन
लिखा कति पर्या हुन् ,
ऋण उठाउन सुबेदार पनि
मेरो घरतिर उदो झर्या हुन् !!

चारैतिर ऋण माग्दै
मेरी आमा कति ठाउ पो धाउँदी हुन्
जाँड खाएर त्यसमाथि बाबाले
अझै कति पो रुँदी हुन् !

न त पैसा न छोरा भन्दै
मेरी आमा बाटोमा आँखा लाउँदी हुन्
वनमा जाँदा विरहको गीत
रुँदै कति गाउँदी हुन् …….
न त पैसा न छोरा भन्दै
मेरी आमा बाटोमा आँखा लाउँदी हुन्
वनमा जाँदा विरहको गीत
रुँदै कति गाउँदी हुन् …….

राजेश रुम्बा लामा “अतृप्त”
दोहा कातर

Leave a Reply

Your email address will not be published. Required fields are marked *