Skip to content

तिमी आयौ सुवास दिन्छु


तिमी आयौ सुवास दिन्छु
मुटुभित्रै निवास दिन्छु,

तिमी जून है नयनाकास कि
सधै उदाउने आकास दिन्छु,

मेरै भयौ सँगै बढाऊ कदम
शिखर चुम्ने सहास दिन्छु,

आउ थमाउ हात मलाइ
हल्लै हल्लाको निकास दिन्छु,

तिमी मेरी केवल मेरी
जुनी भरलाई आवास दिन्छु,

लखनपुर ३, झापा, नेपाल
हाल: बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *