म
सोच्दथें
साथ यस्तो होस्
कलकलाउदै बगिरहेको
शान्त छहराले
घरि-घरि
काउकुती लगाएर जिस्काए जस्तै
नजिकैको
भोगटे र सिमलीको मुन्टालाई
हल्लाईरहेको
अनि
शान्त होस् या कोलाहल
सजिलो या अप्ठारो
सुस्तरी-सुस्तरी
हावाको वेगमा दौडने
पिपलुको पात जस्तो
नहोस यस्तो
दुनियाका खोक्रा आबारणहरू
जगतका अनगिन्ती कल्पनाहरू
अफ्नोपनका उपहासहरू
आफू ओइलिएको के थाहा
अरुलाई सुगन्धको राग छोडछन्
फूलहरू
रसका लागि राग पर्खिनछन भमराहरू
त्येसैले त
महानतम मानवहरू फुल र भमरालाई
जोडीको रुप दिन पछि पर्दैनन्
म चाहँदिन मेरो साथ यस्तो होस्
जुनलाई एकान्तको सहारा ठानेर
रातभर कुरीरहे
के थाहा
साचिकै अभिनव
जूनले पनि केहि दिनमै साथ छोड्छ भनेर
साथ यस्तो होस् कि
लुकेर जिस्कौदा पनि
लुकेर हास्दा पनि
अनि
एकान्तमा रुँदा पनि
सँग सँगै रोइदिने
सँगै आँसु झारिदिने
ऐना र मानिसको गिन्दगी जस्तै होस्
न ऐना साथीको दुखमा हास्छ
न खुसीमा उदास
यात्राको एउटा पाटोमा हावाको
सहयात्री एउटा पतझड हुन्छ
रातको सहयात्री सपना
रात एकान्तमा रमाउछ
आहा; त्यहाँ भित्र एउटा ठुलो गीन्दकी हुन्छ
आफ्नो सानो गिन्दगी भन्दा बेग्लै
रमाउन सकिन्छ त्यहाँ भित्र
साथ भित्रको साथ आभास गर्न सकिन्छ
त्यसैले त रात मेरो साथ भएको छ
“बिरानो मुलुकबाट “