Skip to content

गरीबको जिन्दगी


ऋण मै गए ऋण मै डुबे
दुई-चार पैसा कसैले दिएन
बिदेश जाने यो मेरो ईच्छा
मलाई कहिले थिएन ।

हे ईश्वर तैले कुन दिनको पाप
मैमाथि यसरी बोकाइस
गरीबको दुःख कुन दिनको श्राप
मलाई बेस्सरी पोखाइस ।

कहिले भोक कहिले प्यास
दिन काट्न मलाई यो छाँती चिरिनथ्यो
दुई-चार सिक्का जेबमा टन्नै
भैदिएको-भए क्यास मै तिरिन्थ्यो ।

अरूले खान्थे पेट- टन्नै हुने गरी
म भने भोकले थुक घुट-घुट्टी निल्थेँ
एक दिनको छाक भन्दै यो मनले
आकाश रूँदा झरेको थोपा त्यो पनि पिउथेँ ।

के- सबैलाई यस्तो हुन्छ कि हे आमा-बाबा
यो जुनि भरी कि खाली मलाई मात्र हो
उत्तर देऊ हे मेरा प्राण भन्दा प्यारा भगवान
म तिम्रो सधै पवित्र असल पात्र हो ।

सुनको थालैमा खाने सुन कै माला लाउने
बिदेश गई यो मेरो पहिलो ईच्छा थियो
सपना मात्र बोकेर हुन्न नी रैछ
हे मेरा साथीभाई यो मेरो सबलाई शिक्षा भो ।

आजलाई यत्ति नै यो मेरो कविता
यै पन्ना भित्र सिध्याउला !
अर्को – दिन भेट भए नि अवश्य
फेरि हे मित्र सम्झेर लेखौंला !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *