Skip to content


छल्किरहेछ छलछल मन
तर किन तृष्णा जीवनमा

एक्लै एक्लै उड्ने यो मन धून आफ्नै गाएर
घर बनाएँ तिम्रै आगन प्रेम बन्धन पाएर
बन्धनमा जादु माया बसाई भन्छौ तिमी उडिदेऊ

गाउदा गाउदै प्रेमको कन्द दुई चिरा भो जिन्दगी
हाँसो लगेर दियो रोदन निठुरी यो पिरती
छातीमा कोमल काँडा बिझ्याउने सम्बन्ध तिमी छाडिदेऊ

शब्द – सी के श्रेष्ठ
स्वर – अलिसा चेनाय
संगीत – रनजीत गजमेर
चलचित्र – तृष्णा

Leave a Reply

Your email address will not be published. Required fields are marked *