Skip to content

महंगीले जहान परिवार पाल्न गार्हो भयो


महंगीले जहान परिवार पाल्न गार्हो भयो
बर्षौ देखि चुहिने छानो टाल्न गार्हो भयो

कमाइले धान्न छोड्यो के गरी जिउने खै?
साँझ बिहान घरमा चुलो बाल्न गार्हो भयो

सधै एउटै लाउनु पर्ने विवशतामा परेपछि
चाडपर्वमा एकजोर नयाँ हाल्न गार्हो भयो

नछोड्ने भो ॠणले कहिल्यै जति दु:ख गरे पनि
गरिबी नाउँको शत्रु ढाल्न गार्हो भयो

धनीलाई चैन छ गरीब सधै रुनु पर्ने
समाजको यो अनमेल फाल्न गार्हो भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *