Skip to content

देश थुनथान भएछ

  • by


पल्टिनै खोजेको थियो देश थुनथान भएछ
यत्ति नै हुन पनि साह्रै नै धुनधान भएछ।

वर्षौं वर्ष झगडा गर्दै लुछलाछ पार्दा पनि
ठूलो विपत्तिलाई टार्न मात्र तुनतान भएछ।

शत्रु उठ्न लाग्दा पर्यो सद्भाव धरापमा झण्डै
जे हुँदा पनि उनीहरूकै गुनगान भएछ।

यसै भए भोलि देखिने छैन उठेर हेर्दा पनि
आखिर नेपाली मन साह्रै सुनसान भएछ।

तपेश्वरीः १ उदयपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *