Skip to content

बुद्ध शान्ति छर्न आऊ

  • by


अशान्ति छ जताततै बुद्ध शान्ति छर्न आऊ !
दुखेको यो नेपाललाई मलमपट्टी गर्न आऊ !!

किन होला आफ्नै बिच आफ्नोपन छैन यहाँ !
आफ्नैबिच रहेको यो बैरी भाव हर्न आऊ !!

अझै पनि काटमार ह्त्या हिंशा उस्तै नै छ !
विवेकहीन मानवको सतबुद्धि भर्न आऊ !!

आज भोलि तिमीलाई भारत लान्छु भन्छन !
हुन्न त्यस्तो बुद्ध हाम्रो भागमा पर्न आऊ !!

तिम्रै नामले चिनिएका छौ नेपाली हौ भनी !
मेची देखी महाकाली संगै संगै तर्न आऊ !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *