Skip to content

तिमी नै हौ मेरो संसार


तिमी नै हौ मेरो संसार,
तिमी नै हौ मेरो प्रीत ।
सधैंभरि गाइरहने,
तिमी मेरो मनको गीत।।

तिमी हाँस्दा संसार हाँस्छ,
तिमी रुँदा म रुनेछु ।
दु:ख पर्दा सम्झिदिनु,
तिम्रो नजिक म हुनेछु ।।

नरुनु है कहिल्यै एक्लै
तिम्रो साथ म’ नि दिउँला ।
दु:ख मानी नतड्पिनु,
तिम्रो पीडा म’ नि लिउँला ||
तिम्रो पीडा म नि लिउँला |||

अनिता आचार्य
हाल इज्रायल

Leave a Reply

Your email address will not be published. Required fields are marked *