Skip to content

बुद्ध तिमी कँहा गयौ


बुद्ध तिमी कँहा गयौ ? देशमा मारामार भयो
आफ्नै मान्छे बीच पनि पानी वारावार भयो।

मानिसमा मानवता चै बेपत्ता भै हेर आज
नेपालीको शान किन आज हाराहार भयो।

प्रभु भनी छिमेकीलाई सधै बोलाउनाले
हेपाहा भै उसको नीति सीमा सारासार भयो

सहमतिको रटान लगाई झुटको खेति मात्र गर्दा
जनतालाई उपहार चहि सधै टाराटार भयो ।

तीर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा, नेपाल,
हाल:बहराइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *