Skip to content

रसाएर आँखा म हाँसु कसरी ?

  • by


रसाएर आँखा म हाँसु कसरी ?
जलाएर मुटु म बाँचु कसरी ?
फुटेको त्यो ऐना जो छायाँ दिँदैन
त्यस्तै जीवन छ हाँस्न मिल्दैन ।

सडकरूपी छाती चर्किदिन्छ पलपल
बादलरूपी आँखा बर्सिदिन्छ हरपल,
बिकाउ त्यो माल हुँ कुनै मूल्य छैन
बेवारिस जीवन भो तर दुःख छैन ।

नसोध त्यो घाउ काँहा बल्झिदिन्छ
नसोध त्यो घाउ काँहा अल्झिदिन्छ
बताउँ कसरी कुनै शब्द छैन
बेवारिस जीवन भो तर दुःख छैन ।

त्रिचन्द्र प्रतीक्षा,

Leave a Reply

Your email address will not be published. Required fields are marked *