Skip to content

गाँजलु ती नयनमा

  • by


गाँजलु ती नयनमा, बस्न चाहे प्रियतमा
पवित्र त्यो अधरमा, पस्न चाहे प्रियतमा

सप्तरंगी ईन्द्रेणीमा, देख्ने गर्छु तिम्रै छाया
आफूलाईभन्दा बढी, लाग्ने गर्छ तिम्रै माया
जिन्दगीको यात्रा मेरो, अधुरो छ तिमी बिना
हृदयका सपना मेरा, अपुरो छ तिमी बिना ।

सधैंभरी रम्न पाउँ, तिम्रो बागको पंक्षी बनी
सु:ख दु:ख तिम्रै साथ, हुन पाउँ जुनी’जुनी ।
जून पनि खुशी हुन्छ, तिम्रो मिठो मुस्कानमा
जीवन यो अर्पित छ, तिम्रै न्यानो प्रेरणामा

गाँजलु ती नयनमा, बस्न चाहे प्रियतमा
पवित्र त्यो अधरमा, पस्न चाहे प्रियतमा ।

नरेन्द्र घर्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *