Skip to content


पूर्ण छैन कोही यहाँ
अर्कोलाई हिलो छ्याप्दैमा
दुर्घन्धबाट बच्न
तिमी पनि कहाँ सक्छौ र ?
खाल्डो खन्छौ अरुलाई भने
आफै पर्दैनौ भनी भन्न
कसले यहाँ सक्छ र ?
मपाईको प्रचार गर्नेहरूले
“आफ्नो मूल्यांकन अरुको आँखाबाट गर”
भन्यो भने सुन्न कहाँ सक्छन र ?
बिशाल समुद्रको पानी त्
घटीबढी भै रहन्छ भने
मानिसको अहमता थेग्न
“समय”ले सधैं साथ कहाँ दिन्छ र ?
दुख सुख जीवनको दुई पाटो हुन्
सुख मात्र च्याप्न कसले यहाँ सक्छ र ?
भन्छन “बोकाले दाइँ गरेर हुने भए ”
गोरूको अस्तित्व के हन्थ्यो र ?
मुसाको छाती बोकेर
ठुलो हुन् खोज्छन भने
सफल कसरी हुन् सक्छन र ?
अरुको “बैशाखीमा”
आफ्नो उचाई नाप्नेहरूको
“दिगो “कहाँ भएको छ र ?
कलमको चाप्लुसी, साहित्यको चाकडीले
मीठो फल कहाँ दिएको छ र ?
त्याग बिनाको समाजसेवा
बिना सेवाको राजनीतिले
कति दिन टिकाउन सक्छ र ?
तिमी ! तिमी नै हौ
अर्को तिमी जस्तो कहाँ हुन्छ र ?
तिमी ऊ जस्तो बन्न सक्दैनौ भने
उसलाई तिमी जस्तो बन भन्ने
मुर्खता व्यक्त गर्न हुन्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *