Skip to content

पुसको अन्तिमसाता प्रज्ञाभवनमा आयोजित पुस्तक पर््रदर्शनी । शिक्षामन्त्री राधाकृष्ण मैनालीका नजर बरण्डामा सुताइएका कृतिहरूमा टिकेको दृश्य । पुस्तकहरूको भीडमा केही त उनको हातमा परे पनि । चारसय चानचुन रुपियाँ तिर्ने इच्छा पूरा गरे । उनी भन्दै थिए- “फर्ुसदका बेलाँ साहित्यिक किताबहरू पढ्छु नि !” सरकारका पर्ूव सचिव दामोदर ढकालले गएको साल प्रकाशित गरे ‘यात्रा संस्मरण’ । पुस्तक डेढसयप्रति त आफन्त, साथीभाइलाई बाँडेरै सके । हालसम्म कति बिक्री भए, उनलाई अत्तोपत्तो छैन ।

यी दुई वास्तविकताले नेपालको साहित्यिक पुस्तकहरूको अवस्था प्रष्टसित झल्काउँछ । साहित्यिक पुस्तक किनेर पढ्ने बानी हराएको छैन भन्ने आभास मैनालीको कथनले दिएको छ भने त्यस्ता पुस्तकहरूको बिक्रीको स्थितिलाई ढकालको भनाइले सोझै चित्रण गर्दछ । हो, समग्रमा मान्नै कर लाग्छ र्सजक बढेका छन्, पुस्तक सङ्ख्या बढेका छन्, तर साहित्यिक बजार खासै बढ्न सकेन । नई प्रकाशनका संस्थापक नरेन्द्रराज प्रर्साईको रोचक भनाइ- “भानुभक्तको पालामा एक हजार पाठक थिए । र, मेरो पालामा पनि एक हजार नै पाठक छन् । मेरो अनुमानमा बाँचेका मात्रै साहित्यकारको संख्या कम्तीमा एक हजार हुनर्ुपर्दछ ।” गोर्खापत्र दैनिकको दोस्रो पृष्ठमा प्रकाशित हुने ‘उपत्यकामा आज’ स्तम्भमा महिनाभरमा कम्तीमा ५० वटा पुस्तक लोकार्पण कार्यक्रम छापिएको देख्न सकिन्छ । त्यो पनि काठमाडौँ उपत्यकाभित्रको मात्र । कुनै कार्यक्रममा एकै साथ पाँचवटा त, कुनैमा एक, दर्ुइवटा पुस्तक लोकार्पण गरिन्छन् । प्रतिमहिनामा ३० पुस्तक मात्र लोकार्पण भए दैनिक एउटा लोकार्पण हुने सोझो हिसाब । भने बर्सेनि कम्तीमा ३६५ नयाँ शर्ीष्ाकका पुस्तकले यो संसार देख्ने गरेको त चोखो हिसाब आइगयो । यसरी छापिएका पुस्तक सबै बिक्री हुन्छन् त – वा कहाँ पुग्छन् – यो अनुसन्धानको पाटो बन्न सक्दछ, जो कोहीका लागि पनि । अधिराज्यभरि बर्सेनि के, कति शर्ीष्ाक र सङ्ख्यामा साहित्यिक कृति प्रकाशित हुन्छन्, प्रकाशन संस्था कति छन् आदिको यकीन तथ्याङ्क पानीभित्र खोज्न गएपनि भेटिदैन ।

कति सङ्ख्यामा छापिन्छन्
नेपालमा हालसम्म सबैभन्दा बढी सङ्ख्यामा प्रकाशित हुने कृति मुनामदन हो । साझा प्रकाशनले छाप्दै आएको मुनामदन एक पटकमा एकलाखप्रति छापिन्छ । प्रकाशनले हरेक तीन, चार वर्षा मुनामदन पुनःमुद्रण गर्ने गरेको छ । वि. सं. १९९२ मा पहिलो संस्करण प्रकाशित भएको मुनामदन ७० वर्षा २४ संस्करण छापिसकेको छ । बढी छापिनेमा दोस्रो कर्ीर्तिमान बसाइँले राख्दै आएको छ । साझा प्रकाशनले बर्सेनि घटीमा ३५ शर्ीष्ाकका नयाँ पुस्तक छाप्ने गरेको छ । साझाले हालसम्म १३ सय शर्ीष्ाकका पुस्तक बजारमा ल्याइसकेको छ । पहिलो संस्करणमा घटीमा एक हजारप्रति छाप्ने गरेको साझाले गत वर्षसाढे ४८ हजारप्रति पुस्तक छापेको थियो । तीमध्ये साहित्यिक ३३ हजारप्रति र बाल साहित्यिक साढे १५ हजारप्रति रहेको थियो । प्रज्ञा-प्रतिष्ठानले बृहत् नेपाली शब्दकोष बाहेक प्रायः कुनै पनि पुस्तक पुनः मुद्रण गर्ने गरेको छैन । प्रतिष्ठानले प्रकाशित गरेको कुनै पुस्तक पहिलो संस्करणमा राम्रो बिक्री भएमा दोस्रो संस्करणका लागि साझालाई सिफारिस गरिदिने गरेको छ । यस वर्षा मात्र प्रज्ञा-प्रतिष्ठानले साझालाई ३१ शर्ीष्ाकका पुस्तक पुनर्ःर्मुद्रणका लागि सहमति सहित सिफारिस गरेको छ ।

प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित हुने गरेका पुस्तकहरूमध्ये सबैभन्दा बढी बृहत् नेपाली शब्दकोष छापिन्छ । शब्दकोष प्रतिसंस्करणमा पाँचहजारप्रति छाप्ने गरिएको छ । प्रज्ञा-प्रतिष्ठानले २०६२ सालको असारसम्ममा ६६७ शर्ीष्ाकमा साहित्यिक पुस्तक प्रकाशित गरिसकेको छ । त्यसले वर्षा सरदर १५ देखि २५ शर्ीष्ाकका पुस्तक प्रकाशित गर्दै आएको छ भने पहिलो संस्करणमा न्यूनतम पाँचसयदेखि अधिकतम दर्ुइ हजारप्रति छाप्ने गरेको छ । प्रतिष्ठानले गत वर्षा भने १२ शर्ीष्ाकमा एक लाख ३२ हजार नयाँ पुस्तक प्रकाशित गरेको थियो । प्रतिष्ठानले पुस्तकका साथै साहित्यिक पत्रिका पनि प्रकाशित गर्दैआएको छ । प्रतिष्ठानले २०५६ सालमा १२२ पाण्डुलिपिलाई स्वीकृति प्रदान गरेकोमा हालसम्म ६३ पाण्डुलिपि प्रकाशित गरिसकेको छ । निजी क्षेत्रको प्रकाशन गृहमा हर्ेदा रत्न पुस्तक भण्डारबाट प्रकाशित हुने गरेको लैनसिंह वाङ्देलको उपन्यास माइतीघर नै र्सवाधिक बढी प्रकाशित भएको पुस्तक हो । त्यो पुस्तक अहिलेसम्ममा १६ संस्करण गरी ८० हजारप्रति छापिसकेको भण्डारका प्रवन्ध निर्देशक गोविन्दप्रसाद श्रेष्ठ बताउँछन् । रत्न पुस्तकले डाइमनशमशेरको उपन्यास सेतोबाघ १४ संस्करणसम्ममा ५० हजारप्रति छापिसकेको छ । रत्न पुस्तकले पहिलो संस्करणमा न्यूनतम पाँचसयदेखि तीन हजारप्रति छाप्दै आएको छ र यस वर्षेखि न्यूनतम २४ शर्ीष्ाकमा साहित्यिक पुस्तक प्रकाशित गर्ने योजना बनाएको छ । त्यसले हालसम्म आठसय बढी शर्ीष्ाकमा पुस्तक छापिसकेको बताएको छ । नई प्रकाशनले हालसम्म ५० शर्ीष्ाकमा पुस्तक प्रकाशित गरिसकेको छ भने बर्सेनि सरदर चार शर्ीष्ाकमा पुस्तक छाप्ने गरेको छ । प्रथम संस्करणमा एक हजारप्रति पुस्तक छाप्ने सो संस्थाले प्रायः प्रायोजनमा पुस्तक छाप्दछ । जगदम्बा प्रकाशनले हालसम्म १०५ शर्ीष्ाकका साहित्यिक पुस्तक छापिसकेको छ भने वर्षा दर्ुइदेखि तीन शर्ीष्ाकमा नयाँ पुस्तक छाप्ने गरेको छ । त्यस प्रकाशनले पनि प्रतिसंस्करणमा पाँच सयदेखि एक हजारप्रति पुस्तक छाप्ने गरेको छ । यी लगायतका अन्य प्रकाशन संस्थाहरू पनि छन्, तर अधिकाँश संस्थाले लेखकसित रकम लिई प्रकाशित गरिदिने र त्यस वापत पुस्तकको बजारीकरण गरिदिने जिम्मा लिने गर्दछन् ।

प्रकाशकको खोजी
स्रष्टाहरू विना लगानी पुस्तक प्रकाशनका लागि साझा प्रकाशन वा प्रज्ञा-प्रतिष्ठानलाई पहिलो प्राथमिकता दिन्छन् । पुस्तक मूल्यको १५ प्रतिशत पारिश्रमिक पाउने र १० औँ वर्षम्म त्यो पैसा आउने निश्चित भएकाले नाफाको व्यवसाय साहित्यकारहरूले रोज्नै पर्यो । साझामा मात्र बर्सेनि तीनसयभन्दा बढी पाण्डुलिपि दर्ता हुने गरेको छ । तीन वर्षम्म पनि प्रकाशित नभए पाण्डुलिपि फिर्ता गर्ने चलन छ । प्रकाशनका महाप्रवन्धक नवराज कार्की पाण्डुलिपि प्रकाशनका लागि राजनीतिक दबाब प्रशस्तै खेप्नु पर्ने स्वीकार्छन् । प्रज्ञा-प्रतिष्ठानमा बर्सेनि सरदर एकसयसम्म पाण्डुलिपि दर्ता हुने गरेका छन् । ती संस्थाबाट कृति प्रकाशन गर्न असफल भएपछि निजी प्रकाशक खोज्ने कार्य सुरु हुन्छ । साहित्यकारहरू सकभर आफूले लगानी गर्नु नपरोस् भन्ने मान्यता पालेका हुन्छन् । कति बिक्री हुन्छ –

नेपालमा साहित्यिक पुस्तकको बिक्रीको कर्ीर्तिमानमा मुनामदनलाई अरूले उछिन्न सकेको छैन । आगामी केही वर्षआउने सम्भावना पनि देखिएको छैन । विगत ७० वर्षेखि मुनामदनले सबैभन्दा बढी बिक्री भएर आफूलाई अग्रस्थानमा राख्न सफल भएको छ । साझा प्रकाशनका महाप्रवन्धक नवराज कार्की मुनामदन बर्सेनि २० देखि २५ हजारप्रतिसम्म बिक्री हुने गरेको बताउँछन् । दोस्रो स्थानमा रहेको बसाइँ उपन्यास बर्सेनि सातहजारको हाराहारीमा बिक्री हुँदै आएको छ । बिक्रीका आधारमा उत्कृष्ट १० स्थानमा आउने पुस्तक बाहेकको बिक्रीस्थिति खासै राम्रो छैन । कतिपय पुस्तक त १० वर्षा पनि पाँचसयप्रति बिक्री नभएको निराश अवस्था पनि छ । प्रज्ञा-प्रतिष्ठानबाट प्रकाशित पुस्तकमध्ये सबैभन्दा बढी बृहत् नेपाली शब्दकोष बिक्री हुनेगरेको छ । उक्त पुस्तक बर्सेनि सरदर एकदेखि दर्ुइहजारप्रति बिक्री हुने गरेको प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव गीताकेशरी बताउँछिन् । प्रतिष्ठानले पुस्तक तथा पत्रिका गरी बर्सेनि डेढलाखदेखि दर्ुइलाखप्रति बिक्री हुने गरेको दावी गरेको छ । दोस्रो संस्करणको खासै चलन नभएकाले त्यहाँबाट प्रकाशित हुने अन्य कुनै पनि पुस्तकले नियमित वर्षरूमा कर्ीर्तिमान कायम गर्न सकेको पाइदैन । प्रज्ञा-प्रतिष्ठानका पुस्तकहरू बर्सेनि ५० प्रति बिक्री हुने सङ्ख्या औँलामा गन्न सकिन्छ, १० देखि २० वटासम्म बिक्री हुने गरेको बढी पाइन्छ ।

निजी प्रकाशन संस्था वा व्यक्तिले प्रकाशित गरेका पुस्तकको बिक्री स्थिति पनि तुलनात्मकरूपले खासै सन्तोषजनक पाइदैन । जगदम्बा प्रकाशनका अध्यक्ष कमलमणि दीक्षित विगतका वर्षता पुस्तक छापिने सङ्ख्या निक्कै बढेको बताउँदै भन्छन्- “साहित्यका समग्र पुस्तकहरू बिक्दैनन् । किन बिक्दैनन् – त्यसको उत्तर दिने मेरो अधिकार पनि होइन ।” हुन त जगदम्बाले प्रकाशित गरेको आत्मवृतान्त र जेलजर्नल १०, १० हजारप्रतिभन्दा अधिक बिक्री भएको इतिहास पनि जिउँदैछ । पैरवी बुक्स एण्ड स्टेसनरीका किशोर पाठकले कविता सङ्ग्रहको बिक्री ठ्याम्मै नभएपनि अन्य तुलनात्मकरूपले सामान्य बिक्री हुने गरेको बताउँछन् । रोचक प्रसङ्ग यो पनि हुनसक्ला- स्वयम् साहित्यकारहरू अर्काको पुस्तक खोजी खोजी हत्तपत्त किन्न चाहदैनन्, बरु “उपहारस्वरूप’ वाक्याँश लेखिएको पुस्तक सित्तैमा बटुल्न धक मान्दैनन् ।

किन बिक्री हुँदैन त
यसको जवाफ खोज्न सजिलो छैन । तर मानिसमा किनेर साहित्यिक पुस्तक पढ्ने बानी हटेको चाहिँ पक्कै हो । बिक्री घट्नुमा सबैको आ-आफ्नै तर्क छ । शिक्षामन्त्री राधाकृष्ण मैनाली पाठकहरूको ध्यान अश्लील साहित्य र मनोरञ्जनात्मक पुस्तकतर्फआकषिर्त भएकाले साहित्यिक पुस्तकको बिक्री घट्दै गएको तर्क प्रस्तुत गर्छन । जगदम्बाका कमलमणि सङ्क्षिप्त तर सटिक जवाफ पस्किन्छन्- “पाठकको रुचि अनुसारको पुस्तक लेख्न सकेनौँ, त्यसैले बिक्री भएनन् ।” साझा प्रकाशनका महाप्रवन्धक नवराजको पनि जवाफ अन्यको भन्दा फरक छैन् । उनी पाठकले चाहेको र रुचिअनुसारको खुराक लेखकले दिन नसकेकाले नै पाठक सङ्ख्या नबढ्नुलाई दोषी ठहर्याउँछन् । प्रज्ञा-प्रतिष्ठानकी सदस्यसचिव गीताकेशरी भन्छिन्- साहित्यमा नयाँ उत्खनन् र प्रयोग हुन सकेन । रत्न पुस्तकका गोविन्द विज्ञापनले पनि असर पारेको धारणा राख्दछन् । उदाहरणका रूपमा नारायण वाग्लेको पुस्तक ‘पल्पसा क्याफे’ बढीप्रति बिक्री हुनुमा कान्तिपुरमा दैनिक बडेमानको विज्ञापनले प्रभाव पारेको साहित्यिक समीक्षकहरू स्वीकार्छन । सबै साहित्यकारहरू वा प्रकाशकहरू मोटो रकम खर्चिएर आफ्नो कृतिका बारेमा विज्ञापन गर्न हैसियत राख्दैनन्, यसैले गर्दा प्रचारप्रसारको अभावले पनि बिक्रीमा प्रभाव पार्ने धारणा उनीहरूको छ । नेपालमा साहित्य पढ्नर्ुपर्दछ भन्ने धारणा हराउँदै गएकोले बिक्री घटेको ठम्याई नई प्रकाशनका नरेन्द्रराजको छ । अर्का साहित्यकार शिव रेग्मी खोज र अनुसन्धानात्मकमूलक पुस्तकको अभावले पाठक सङ्ख्या नबढाएको तर्क दिन्छन् ।

दोष प्रविधिलाई पनि
पुस्तक संस्कृतिको विकास हुन नसक्नुको दोष प्रविधिमाथि थुपार्न कोही चुक्दैनन् । इन्टरनेट, टेलिभिजन र एफएम रेडियो दोषीका भागिदार हुन् । साहित्यकार रेग्मी भन्छन्- “धर्ैयसाथ पढेर सारांश बुझ्ने चलन अब छैन । नयाँ पुस्तामा कि इन्टरनेट र टिभीतिर ध्यान छ, कि त अश्लील साहित्यतर्फ।” नरेन्द्रराजको तर्क छ- इन्टरनेट र टिभीले तुरुन्तै ‘इन्पुट/आउटपुट’ दिन्छ । समाजले अब शिष्ट साहित्य पढ्नेतर्फध्यान दिन छाडिसकेको छ । साझाका महाप्रबन्धक कार्कीको पनि यसमा मतैक्यता रहेको छ । उनी भन्छन्- नयाँ वस्तुको आकर्षा हुनु स्वभाविक हो । पुस्तकलाई सिडीले विस्थापित गर्न थालिसकेको छ ।

यसरी बिक्री भइरहेको छ
साहित्यकारले आफ्नो बिक्री नभएको पुस्तक हर्ेन अन्त कतै जानै पर्दैन, पुस्तक पर््रदर्शनीहरूमा गए पुग्छ । बिक्री नभएका पुस्तकलाई बिक्री गराउन पर््रदर्शनी र्सवाेत्तम उपाय वा साधन बन्न पुगेको छ । प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव गीताकेशरी पुस्तक पर््रदर्शनीका बेला एकदेखि डेढलाख रुपियाँसम्म उठ्ने गरेको दावी गर्छिन । पुस्तक पर््रदर्शनीका बेला साझा प्रकाशनले आठदेखि ८० प्रतिशतसम्मको छुट दिने गर्दछ । प्रज्ञा-प्रतिष्ठानले यस्तो अवसरमा २५ देखि ६० प्रतिशतसम्मको छुट प्रदान गर्दछ । पर््रदर्शनीमा साझा प्रकाशनलाई निजी प्रकाशकहरूले बिक्रीका लागि दिएको पुस्तक पनि राख्ने गरिएको हुन्छ र त्यस्ता पुस्तकहरूमा पनि छुटको व्यवस्था हुनर्ेगर्दछ । पुस्तक पसलहरूमा अन्य प्रकाशन संस्थाको पुस्तक बढीमा २५ प्रतिशतसम्मको छुटमा जुनसुकै समयमा पनि उपलब्ध गराउने गरिएको पाइन्छ । केही लेखकहरू पुस्तक बिक्रीका लागि पुस्तकालय, सरकारी निकायहरूमा धाउने वा साथीभाइलाई ‘पुस सेल’ गर्न पछि पर्दैनन् । मन्त्रालयहरूमा गई ‘मन्त्री’ को तोक आदेश लगाउने र सम्बन्धित मन्त्रालयको पुस्तकालयमा भिडाउने चलन यद्यपि छँदैछ । केशर पुस्तकालयका प्रमुख भोलाकुमार श्रेष्ठ विगतमा मन्त्रीको आदेश ल्याउने प्रचलनले आजित भएर यस वर्षेखि जुनसुकै लेखकले ल्याएको पुस्तक दर्ुइ प्रति किनिदिने व्यवस्था गरेको बताउँछन् । यसका लागि यस वर्षदर्ुइ लाख ८० हजार रुपियाँ पुस्तकालयले छुट्टयाएको छ । “तर लेखक चतुर्याईँ प्रस्तुत गर्न चुक्दैनन् । पुस्तकमा व्यक्तिगत र संस्थागत गरी दर्ुइवटा मूल्य राख्छन् र हामीलाई संस्थागत भनी बढी मूल्यमा भिडाउन खोज्छन् । तर हामीले जुन मूल्य कम छ, त्यसैमा खरिद गर्ने नीति लिएका छौँ” उनी भन्छन् । र्

नई प्रकाशनले पुस्तकमा मूल्य राखेता पनि अधिकांश पुस्तक निःशुल्क नै वितरण गर्ने गरेको छ । प्रायोजक खोज्ने चलनले सित्तैमा पुस्तक दिन सकिएको हो । न्यून सङ्ख्यामा पुस्तक बजारमा त पुर्याइन्छ, तर खासै बिक्री नहुने गरेको नरेन्द्रराजको तर्क छ । क्याम्पस वा उच्च माध्यमिक विद्यालयको पाठ्यपुस्तकका रूपमा रहेकाले बसाइँ जस्ता पुस्तक बढी बिक्री भइरहेको वास्तविकता पनि हो । कुनै पुस्तक लेखकको प्रसिद्धिले पनि बढी बिक्री हुने गरेको छ । मुनामदनचाहिँ हरेक नयाँ पुस्ताले प्रसिद्धिका कारण किनेर पढ्ने गरेको पाइन्छ ।

बिक्री नभएका पुस्तक
बिक्री नभएका पुस्तक भण्डारमा थन्काइन्छन् । साझा र प्रज्ञा-प्रतिष्ठानको भण्डारमा यस्ता थुप्रै सङ्ख्यामा पुस्तक थन्काइएका छन् । तर कति सङ्ख्यामा छन् भन्ने कुराको कुनै लेखाजोखा गरिएको छैन । पुस्तक पर््रदर्शनीका बेला हरेक पटक ती निकालिन्छन् । किरा वा मुसाले नष्ट नगर्दासम्म बिक्री योग्य मानिन्छ र त्यसो भएमा लिलाम गर्ने गरिन्छ ।

बजारको खोजी
साहित्यिक पुस्तकको बजारको व्यवस्थापनमा कमजोरी रहेको तथ्य प्रज्ञा-प्रतिष्ठानका उपकुलपति प्रा.डा. बासुदेव त्रिपाठीको भनाइबाट पनि पुष्टि हुन्छ । उनले आफ्नो कृति ‘तीन थुङ्गा फूल’ सारा बजारभरि खोजे, तर कही पाएनन् । आफ्नो कृति सबै बिक्री हुनु उनका लागि सखद् समाचार थियो । दुःखको कुरा, प्रज्ञा-प्रतिष्ठानको भण्डारमा आफ्नो कृति थन्किएको पाएपछि बल्ल उनलाई बजार त लथालिङ्ग रहेको पत्तो पाए । यो स्थिति आज नेपाली साहित्यिक बजारले भोग्नु परिरहेको छ । बजार कमजोर रहेको यथार्थता प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव गीताकेशरी पनि स्वीकार्छिन् । नेपाली बजार सानो छ, विश्व बजार खोज्न नसकिने पनि होइन । अब विश्व बजार खोज्न वाध्य हुनै पर्ने स्थिति नेपाली साहित्यले अनुभव गराइसकेको छ । साझा प्रकाशनका महाप्रबन्धक नवराज नेपाली साहित्यले विश्व बजार पाउन सक्नेमा कुनै शङ्का नरहेको बताउँछन् । “नेपाली साहित्यको अनुवाद भइदिएन, हाम्रो पहुँच पनि भएन, हामी ‘मेनस्टि्रम’ मा छैनौँ । त्यसैले हामीले विश्व बजारमा प्रवेश पाउन नसकेका हौँ” उनको अनुभव छ । रत्न पुस्तकका गोविन्दप्रसाद प्रकाशकले रुचि नराखेका कारणले पनि नेपाली साहित्यले विश्व बजारमा प्रवेश गर्न नसकेको बताउँदै थप्छन्- राजमार्ग हुँदै पुस्तक विदेश पठाउन पाइदैन, हवाईमार्गबाट मात्र पठाउनर्ुपर्ने भएपछि ज्यादै महँगो पर्दछ । यो प्रावधान वाधक बन्न पुगेको छ ।

साझाले हङकङ, देहरादून, आसामलगायतका नेपाली वाहुल्यता भएका स्थानहरूमा बजार खोज्ने पहल सुरु गरेको छ । गत वर्षसिक्किमको गान्तोकमा स्थानीय विक्रेता नियुक्त गरेको साझाले एक वर्षा पाँच लाख भारतीय रुपियाँ बराबरको पुस्तक त्यहाँ बेच्न सफल भयो । नेपाली साहित्यिक पुस्तकहरूको माग बढाउने उपाय नभएको पक्कै होइन । साझाका महाप्रबन्धक नवराज कार्की उपहार दिँदा, विदेशमा रहेका आफन्तलाई कोशेली पठाउँदा, विद्यालयहरूले पुस्तकालय स्थापना गर्नुपर्ने अनिवार्य नियम बनाउन सकिएमा पुस्तक संस्कृतिको विकास गर्न सकिने बताउँदै सुझाव दिन्छन्- गाविसको बजेटको १० प्रतिशत पुस्तकमा लगानी गर्नुपर्ने नियम बनाउनु पर्दछ । गाविसले किनेको पुस्तक आफ्नो क्षेत्रको विद्यालय वा र्सार्वजनिक पुस्तकालयलाई अनुदान दिन सक्दछ । गीताकेशरी नगरपालिकाले घरको नक्सा पास गर्दा पुस्तकालय कोठा हुनै पर्ने वाध्यात्मक व्यवस्था गर्नुपर्ने सुझाव दिन्छिन् । संस्करणका आधारमा साझाका उत्कृष्ट पाँच पुस्तक-
पुस्तक लेखक संस्करण
बसाइँ लीलबहादुर क्षेत्री २९ पटक
मुनामदन लक्ष्मीप्रसाद देवकोटा २४ पटक
मुकुन्द-इन्दिरा बालकृष्ण सम १९ पटक
गौरी माधवप्रसाद घिमिरे १५ पटक
नेपाली दन्त्यकथा बोधविक्रम अधिकारी १५ पटक
शीरिषको फूल पारिजात १४ पटक

बिक्रीका आधारमा साझाका उत्कृष्ट १० पुस्तक- पुस्तक बिक्री सङ्ख्या
मुनामदन १८,९८८
बसाइँ ७,३१२
शीरिषको फूल ३,९०४
गौरी ३,२९१
पुतली १,६८६
नेपाली दन्त्यकथा १,४४८
घुम्ने मेचमाथि अन्धो मान्छे १,४७२
मुकुन्द-इन्दिरा १,३९८
घामछायाँ १,३९६
बाम पुड्केको देश १,३७०
आधार वर्ष २०६१/६२

बिक्रीका आधारमा प्रज्ञा-प्रतिष्ठानको उत्कृष्ट पाँच पुस्तक-
पुस्तक बिक्री सङ्ख्या
बृहत् नेपालीशब्दकोष २०८१
लिम्बू-नेपाली शब्दकोष २२१
मेरो सानो खरायो ७०
शैलीविज्ञान ६६
नेवारी-नेपाली-अंग्रेजी शब्दकोष ५६
आधार वर्ष २०६०/६१ चच

Leave a Reply

Your email address will not be published. Required fields are marked *