Skip to content

अँधेरी रातमा


अँधेरी रातमा भेटें ती सान्नानी
उनी छन चन्चले चुल्बुले बानी ।

हाँस्दै बसिन उनी मेरो नजिकै
बाटुलो मुहारमा मन्द मुस्कानी ।

ओठमा लाली शिरैमा शिरबन्दी
चिटिक्क परेका आँखैमा जवानी ।

फूलको थुँगाले सुवास फैलायो
नजर नजर जुध्यो छुट्नै नमानी ।

पहिलो भेटमा अन्जान थिएँ म
बर्षा भो प्रेमरस नजानी नजानी ।

मनसुन
पौष ७ कुवैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *