Skip to content

छम-छम नाचुँ कि


छम-छम नाचुँ कि, एक्लै हासुँ कि ?
लौन किन हुन्छ यस्तो – कोही भनिदेऊ,
छम-छम नाचुँ कि…

जब देख्छु उस्लाई मैले- मेरो सपनीमा,
ढुकढुकी बढ्छ किन – मेरो बिपनीमा
लौन किन हुन्छ यस्तो – कोही भनिदेऊ,
उस्लाई ‘नि हुँदो हो कि - कोही सोधिदेऊ
छम-छम नाचुँ कि…

आफैलाई लाज हुने – कस्तो बेला आयो,
नजर जोगाई हेर्नु पर्ने – कस्को आँखा लाग्यो
लौन किन हुन्छ यस्तो – कोही भनिदेऊ,
मलाई मात्रै हुने हो कि – कोही बुझिदेऊ
छम-छम नाचुँ कि…

कोइलीको “को-हो” जस्तै- आफैलाई सोध्छु
कस्तुरीको “बिना” जस्तै- आफैलाई खोज्छु
लौन के भो यस्तो कुन्नि- केही थाहा छैन
पाईलाहरु कता लाग्छन – केही थाहा छैन

मलाई मात्रै हुने हो कि – कोही बुझिदेऊ
उस्लाई ‘नि हुँदो हो कि - कोही सोधिदेऊ
छम-छम नाचुँ कि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *