Skip to content

यति धेरै लाग्छ माया..


कसरी देखाऊ तिमीलाई,
कुन तराजुमा जोखाऊ म?
यति धेरै लाग्छ माया
कुन शब्दमा पोखौं म??

देख भेट समेत भा’छैन
किन लाग्छ यति धेर?
एक दिन बोल चाल नभए
सोच्छु एकलै निकै बेर ।

भुल्छु बरु आफ्नै ब्यथा
तिम्रै पीरले दुख्छ मन,
तिमीलाई नि हुन्छ या यस्तो,
मेरो मात्रै हो यो पागल पन ।।

एक्लै हुदाको कुरा छोडौ
अरु सङ्ग बोल्दा नि सम्झिन्छु,
आयो कि कतै अनलाइन् भनि
कम्प्युटर खोल्न तम्सिन्छु ।

राजेश रुम्बा लामा “अतृप्त्”

Leave a Reply

Your email address will not be published. Required fields are marked *