Skip to content

हिजो जस्तो आज पनि उस्तै छ रे मेरो देशमा

  • by


हिजो जस्तो आज पनि उस्तै छ रे मेरो देशमा
राजनीतिका बेइमानले चुस्तै छ रे मेरो देशमा ।

सुस्त र कालापानी, लिम्पिया अनि जताततै
छिमेकीले हेपी हेपी लुस्तै छ रे मेरो देशमा ।

दाजुभाइई लडाएर आपसमा, फाइदा लिन
काठ खाने धमिरा झैं घुस्तै छ रे मेरो देशमा ।

संघीयता उछालेर जातित्वको सीमा कोर्दै
दक्षिणपन्थी उत्तरपन्थी मुस्तै छ रे मेरो देशमा ।

तीर्थ (यात्री) पौडेल
लखनपुर ३ झापा,नेपाल,
हाल:बहराइन,
२०६७/९/३

Leave a Reply

Your email address will not be published. Required fields are marked *