Skip to content


जाग्न सकोस् हृदयमा हरपल परम शक्ति
सृष्टि/आकाश अमर हुन्छ प्राण देशभक्ति

देश नै हो जीवनको लक्ष्य-मूल बाटो
देश नै हो जीवनको प्राणेश्वर माटो

झलमलाउँछन् दिव्यज्योति अन्धकारमा घाम
भुकि दिने मुक्ति दाता जन्मभूमि धाम

जन्मभूमि प्रतिष्ठा हो इज्जतको खानी
ज्यूँदा लाश हुन् पाइला मेटी देश बिर्सी जाने

जहाँ पुगूँ जे जे होऊँ प्रथम पाइलो देश
मेटिँदैन हृदयमा मातृभूमि शेष

शिर/बाहु जगाएर चन्दन घोटीघोटी
यो जिन्दगी चढाउन पाऊँ यही देशलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *