कुनै फूल नचाहँदै
गोड्नु पर्छ यहाँ ,
कयौं फूल मग-मगाउँदै
छोड्नु पर्छ यहाँ !
जो भाग्यमा लेखिएको
यस्तै सम्झि जिउनु पर्ने,
बिधाताको लेखन त्यस्तै
सम्झी आँशु पिउनु पर्ने !
प्रतिष्ठमा आँच आउँछ रे
दायाँ बायाँ गर्यो भने,
आफ्नै बगैचा हुँदा हुँदै
अन्तै कतै चर्यो भने !
धेरै चाहनालाई कुण्ठित पार्दै
बाँच्नु पर्ने कस्तो जीवन,
फूलको नाममा काँडासँगै
हाँस्नु पर्ने कस्तो जीवन !
स्वतन्त्र भै भँमरा झैं
बाँच्न पाए हुन्थ्यो लाग्छ
सयौं फूलको बिचमा गाउँदै
नाच्न पाए हुन्थ्यो लाग्छ !
राजेश रुम्बा लामा “अतृप्त”
“कुनै फूल नचाहँदैमा…”
कविता मन परो… अलि अलि उत्ताउलि रैछे।
“… सयौं फूलको बिचमा गाउँदै / नाच्न पाए हुन्थ्यो लाग्छ ! … ”
बरु कुन तालमा हो कुन्नि ? झ्यापतालमा हो कि?
“… जो भाग्यमा लेखिएको / यस्तै सम्झि जिउनु पर्ने,
बिधाताको लेखन त्यस्तै / सम्झी आँशु पिउनु पर्ने ! .. ”
वाह! दर्द नि’ छ, Disco नि’ छ!
दर्द-ए-Disco!
शुभकामना!
हेप्पि सरस्वति दिवस
बाई
tnx
tnx so mch for comment dear….
and happy sarswati dewas….