Skip to content

आ-आफ्ना गुण

मान्छे जन्मिनगो कुनै समयमा बाबा र आमा तिनै
बेग्लै हुन्छ यहाँ स्वभाब यिनको झन् भिन्नता दिन्दिनै
जोगी बन्छ कुनै र भोग गरने भोगी बनेहुन् कति
रूदाछन् कसरी पिता र जननी बिग्रेभने सन्तति

गाँजा भाङ कुनै नखाइ नहुने हुन्छन् नसामा कुनै
त्यस्तैले मन यो बिगार्छ सहजै सड्डत् नगर्नु कतै
चेली बिक्रिभए अझै कति अहो बम्बै र दिल्ली तिर
राष्ट्रै बिक्नगयो अझै कती यहाँ सीमा भयो झन् वर

नेतानै पनि बिक्रि भैदिनगए देशै डुब्यो झन् अहो
यस्मा दोष कहाँ रहन्छ ? कसले जिम्मा लिने देशको ?
उन्कै हातमहाँ दियौँ र अहिले आफैँ गतिला भए
हाम्रा माग कतै सुझेन अहिले आफैँ पराई भए

उद्योग् भो महँगो शुरक्षित नभै हड्ताल हुन्छन् यहाँ
शिक्षा स्वास्थ्य सबै अझै महँगियो आपत् परो लोकमा
माटो एक यहाँ फले फल अनेक् स्वादै भयो भिन्नता
कैहुन्छन् नमिठा बिसालु र कडा कैछन् अति नै तिता

कै फल्छन् कसरी तिनै धरतीमा खाँदा मिठो झन् अहो
खेर्सानी किनहो कडा ? यति पिरो माटो यहींको नहो
यै हो मानिसको स्वभाब जसमा गुण् आफ्नु बेग्लै लिने
यस्मै चित्त बुझाइ बस्नु जनले केकाम् बिरोधी हुने

२०६६।९।११ गुजरात, भारत

छन्द :- सार्दुलबिक्रििडत
गण :- म स ज स त त गु ( १९ अक्षरको )

Leave a Reply

Your email address will not be published. Required fields are marked *