Skip to content


तिमी राम्री भनेर हेरेको होइन मैले
हिड्दै जाँदा आँखा पर्यो त के गर्नु ?

तिमी नराम्री भनेर खेदेको होइन मैले
धेरै राम्रीहरूको माझमा झर्यो त के गर्नु ?

मिलनसार साथीहरूको खोजीमा मैले नाता
खोज्दा तिमीले नै आँखा तर्यो त के गर्नु

बस्न मन थियो सँगसँगै बगैचामा कुर्सी
थिएन बरु मैले कुरे तिमी सर्यो त के गर्नु

Leave a Reply

Your email address will not be published. Required fields are marked *