Skip to content

सवाल-जवाफ (गजल) : आफ्नै मुल्य थाहा पाउन मनले कर गर्यो


सवाल

आफ्नै मुल्य थाहा पाउन मनले कर गर्यो
तौलन्छु म तँलाई भन्यो धनले कर गर्यो

महिनाभरि कति कमाइस् बेची तैंले आफूलाई
मेरो मूल्य मलाई बता’ तनले कर गर्यो

एकएक पैसासँग तेरो मोलतोल हुन्छ
तेरो रेट सोध्दै पाखा बनले कर गर्यो

आफैंलाई झुक्याउदै तैले आफैंसँग कति ढाँटिस्
औला ठड्याई मैमाथि सारा जनले कर गर्यो

पसिनासँगै रगत साटिस् नाम-दाम कति कमाईस्
अस्तित्व कति बाचइस् आफ्नै खुनले कर गर्यो ।

– मिथिला प्याकुरेल

जवाफ

सायद बाटो भुल्यो क्यारे मनले प्रश्न उठाएछ
चुनौतीका शव्दसँगै धनले प्रश्न उठाएछ ।

के के विनिमय गर्यौ मासिक आय कस्तो भयो
मेरो मुल्य बता’ भन्दै तनले प्रश्न उठाएछ ।

यस्तो लाग्यो अस्मितानै बेचिछ्यौ कि तिम्ले आज
त्यसैले त रेट सोध्यौ बनले प्रश्न उठाएछ ।

सामाजिक मान्यतालाई नाघ्दै हिंड्या थियौ अरे
नपचेर स्वाभिमानी जनले प्रश्न उठाएछ ।

दुनियाँले जे जे सोचुन बाध्यता नै होयो भन्छु
विडम्वना तिम्लाई आफनै खुनले प्रश्न उठाएछ ।

– रामकृष्ण पौडेल अनयाँस

2 thoughts on “सवाल-जवाफ (गजल) : आफ्नै मुल्य थाहा पाउन मनले कर गर्यो”

  1. ramkrishna g, hagar ma yak 6
    ramkrishna g, hagar ma yak 6 tapai ko jabaf yak dam man paryo tapai ko nom. dinu na mero e mail ma la

  2. ramkrishna g, hagar ma yak 6
    ramkrishna g, hagar ma yak 6 tapai ko jabaf yak dam man paryo tapai ko nom. dinu na mero e mail ma la

    »
    reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *