Skip to content

लङ्गडोहरूको दौड प्रतियोगिता


देशमा
दौड प्रतियोगिता भएको छ ।
दौडको उल्लास उत्सवमा
चौतर्फी हर्षनाद् -छाएको छ ।
देशमा
दौड प्रतियोगिता भएको छ ।
दौडमा आगन्तुकहरूको उपस्थिती गर्व लाग्दो छ
गगन भेदी हुटिङ्गले प्रतियोगिता
हर्ष लाग्दो छ
तर
सबै सबै सहभागी प्रतियोगीहरू
लङ्गडो छन्
सबै सहभागी स्पोर्टस् विज्ञहरू अन्धा छन्
प्रतियोगिहरूको खुट्टा
प्यारालाईसिसले खाएको छ
सबै आम दर्शकहरूको आँखा मोती बिन्दु भएको छ ।
देशमा
लङ्गडोहरूको दौड प्रतियोगिता भएको छ ।
देशमा
कृतिम खुट्टा राखेका
लङ्गडोहरूको दौड प्रतियोगिता भएको छ ।

देशमा
टिङ्को चस्मा लगाउने
अन्धा विशेशज्ञहरूको अनुगमन छ
अन्धा विशेशज्ञहरूको मुल्याङ्कन छ ।
त्यसैले,
देशमा
लङ्गडोहरूको दौड प्रतियोगिता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *