Skip to content


तिमी हिँड्ने बाटोभरि बिछ्याएको छु फूलपाति
विपनीमा त सधैँ टाढा, सपनीमा आइदेऊन प्रिया राति ।

मेरो विश्वास, मेरो धड्कन चढाउँछु तिमीलाई जिन्दगानी
अगाध श्रद्धा साँची मानेको छु मनकी देवी भनी
म बाटो भई फैलिदिन्छु तिमी आऊ प्रिय मेरो छातीमाथि
जूनजस्तो मुहारको दर्शन मात्र पाएँ नि हुन्छ कति जाति ।

जे छ, ठीकै छ, नजिककै देवता प्यारो भन्छन्
सच्चा प्यारलाई लत्याउन साहै गाह्रो भन्छन्
मेरो अटल अनुरागी मेरो आँखाको असल जादु
नगिच आई प्यारको कुरा गर अब मुटुमुटु साटुँ

तिमी हिँड्ने बाटोभरि बिछ्याएको छु फूलपाति
बिपनीमा त सधैँ टाढा, सपनीमा आइदेऊन प्रिया राति ।

मधुपर्क २०६८ बैशाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *