Skip to content

ट्र्याजिडी


सर्वस्व सुम्पी पराई हुनुको के अर्थ ?
पराई भैसकेपछि रुनुको के अर्थ ?

साँचो प्रेम एक बार हुन्छ जीवनमा
छुटेपछि सम्झौतामा ज्युनुको के अर्थ ?

सुम्पियर मनमुटु अर्कैलाई फेरि
प्यास मेटाई अमृत प्युनुको के अर्थ ?

घातप्रतिघात गर्दै आफ्नो-आफ्नोलाई
शुली चढाई शिखर छुनुको के अर्थ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *