मेरो कथा आज, म दिल खोलेर भन्छु
के भैरहेछ अहिले मलाई, त्यो सबै कहन्छु
बिरालोले बारम्बार पाठा, रारे झै गरी
नाम फेरिदैछ अचेल, मेरो अनेकौ थरी
कहिले भन्थे नेपा मलाई, कहिले भन्थे नेपाल
नाम परिवर्तन गर्ने क्रममा, मै भए नयाँ नेपाल
चोटमाथि चोट अनि, पीडामाथि पीडा थपी
हिजो अस्ती जस्तो थिए, आज पनी उस्तै गति
उन्नति र प्रगतिको सिँढी चढ्ने, मेरो त्यो सपना
तर काडैकाडा चारैतिर, म हिँड्ने पथमा
मेरै शिरबाट बग्छन्, खोला नाला र छहरा
मैले नै खेप्नुपर्ने, लोडसेडिङ्को मार
दाबी गर्छन् छिमेकीले, मेरै शरीरको अँगलाई
जमाउछन् अधिकार, त्यहाँका सबैलाई पन्छाई
रुन्छन् कराउछन् सुस्ताबासी, अत्याचार भयो भनी
बहिरो बनी बस्छ सरकार, छैन प्रवाह कत्ति पनि
जति नयाँ भनेपनी, प्रबृत्ति छ ढुङगे युगको
नयाँ नयाँ भनी कोसौ पछि धकेल्ने, अहिलेको सभ्यतन भयो
परिवर्तन हुनुपर्ने समाज, बिकास अनि निर्माणको कार्यले
केही फेरबदल हुदैन, मेरै नाम मात्र फेर्नाले
लाग्छ डर त्रार कतै, मेरै अस्तीत्व विलीन हुने पो हो कि
कल्पनासम्म पनि नगरेको, आज मैले भोग्दैछु दुर्गति
सपना खनाल
भैरहवा बहुमुखी क्याम्पस, भैरहवा