Skip to content

दन्दनी बलिरहेको छ आगो
फन्फनी घुमिरहेका छन् भाइहरू
एउटा डाडु लिएर ‘स्वघोषित भान्छे’ बनिरहेछ
अरू पनि छन्, पन्यू र दाबिले भान्छेहरू
कोही थाल, कचौरा र हात पसारिरहेका छन्
कोही कोपरा बोकेर मागिरहेका छन्
युग हापेर जितेको
उधारो एउटा शासन पाकिरहेको छ भान्छामा ।

चुलोमा जनताको लासका ठुटाहरू झोसिएको छ
सहिदको रगत बलेको छ
तिनका अभिलाषाको अग्नि हो त्यो
जहा“ पाकिरहेको हो यो उधारो शासन ।

छिट्टै अब खाइने छ
जरुर खाइन्छ, त्यो युगौ“देखिको तृष्णा
प्राण बाजी थापेर जितेको फल
बलिदान, त्याग र आहुतिको प्राप्ति
खाइन्छ, जरुर खाइन्छ
छिट्टै खाइन्छ ।

तर…
…तर
तर, भान्छेहरू !
भान्छे बन्नेहरूको होडमा
डाडु, पन्यू र दाबिलो लिनेहरूको
ठिङ्ग्याइमा…
प्रतिस्पर्धामा…
त“छाड-मछाडमा
खानेकुरा नै पोखियो भने…!

तर, युग हापेर जितेको शासन
पाकिरहेको छ, हाम्रो भान्छामा
यो देशको चुलोमा ।

नेपाल साप्ताहिक
अंक २९६

Leave a Reply

Your email address will not be published. Required fields are marked *