Skip to content


मेरो माया देउरालीमा कुरिराखेकी छ
हजुर कुरिराखेकी छ
सपनाहरू आकासमा बुनिराखेकी छ
हजुर बुनिराखेकी छ
कसले खबर पुर्याइदेला, म छू एक्लै वनमा
निकास खोज्दै चालिराछु पाइला अन्धकारमा

ओइलिएको फूल जस्तै झरिजान सक्छु
हिंड्दा हिंड्दै बेहोसीमा ढलिजान सक्छु
यो भीडमा हराए नि कसलाई केको पत्तो
उँडिराछु आकासमा एक्लै कपास जस्तो

मेरो मनको आकासमा छैनन् जूनतारा
ढ्याम्मढुम्म बादलले घेरेको छ सारा
कुनै दिन क्षितिजमा ज्योति देखिन्छ कि
कुरिराछु चमत्कारी देउता भेटिन्छ कि

जीवन बग्छ खोलासरी बाटोभरि ढुंगा
ढुंगाले नै बनेको छ मेरो जीवनडुंगा
जिन्दगीको दहभरि भूमरीको लहर
डुबिराछु आफैंभित्र उत्रिने छ रहर

5 thoughts on “जीवन अस्तित्व”

  1. लाइक गरिदिनुहुने सबैलाई धन्यवाद !
    लाइक गरिदिनुहुने सबैलाई धन्यवाद !

  2. धेरै दिन पछि कुमारजीको!गिती
    धेरै दिन पछि कुमारजीको!गिती कविता पढ्न पाउँदा मन औधी रमायो। धन्यवाद कुमारजी! यति मिठो आफ्नी मायालुलाई सम्झेर कोरिएको गिती कविताको लागि!!!

  3. छक्क परियो किनभने पर्ने काम भो
    अक्षरसँगको सम्बन्ध
    यसैले खान देको छ
    त्यसैले बाँच्न देको छ
    अनि
    ओठभरि मुस्कान बोकी
    मज्जाले नाच्न देको छ
    KUMAR SIMKHADA JYU.
    गतिलो कविता बनेको छ
    मुटुमै सजाएर राख्ने
    प्रेमप्रणय रागअनुराग
    मज्जाले पोखिएको छ
    i’ve known about poet rimal.
    उत्तरार्द्धकालतिर उनी पग्लेट भाथेरे
    छाप्न कविता माग्दा खुकुरी निकालेर देखाउथेँ रे
    स्लीपिङ ट्याबलेट खुवाएर निदाको बेला उनको झोलाबाट कविता निकालेर सारेर छाप्थे रे तारानाथ

  4. कुमारजीको कविता वारे
    शर्माहरू
    त्यसरी छापेको र प्रकाशन गरेको ‘आमाको सपना’ कविता कृतिले उन्नाइस सालको मदन पुरस्कार भेट्यो रे
    अहिले कवि रिमाललाई रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो गीतिकविताका लागि मानार्थ महासेनानी पद दिएको छ
    हो
    त्यस्तै यो माथिको कविताले पनि मन छोएको मात्र छैन
    मन खाको छ
    धार अर्को मात्रै हो
    नत्र
    कोही भन्दा कम लागेन
    एक पटक साधुवाद
    लेखिरहनुस्
    लामो खोज पछि यहाँ तपाईँको कलम पाएँ
    र जीवन अनुभूत गर्न पाएँ

  5. आभारै आभार
    गीताजी, प्रतिकृयाको लागि धन्यवाद छ । यहाँ ‘मायालु’ शब्दले बिभिन्न तत्वहरूलाई समेट्न सक्छन् भन्ने मेरो बिचार छ – जस्तै: आफ्नै मायालु, परिवार, मित्र, देश, वा पर नौडाँडापारि आफूलाई सम्झिदिने जो कोही शुभ-चिन्तक ।

    नन्दलालजी, तपाईंहरूबाट यस्तो प्रतिकृया पाउँदा धन्य भइयो । रिमालका कविताहरूसँग दाँजिदिनुभो, त्योभन्दा खुसीको कुरा के हुन सक्थ्यो ? अन्य केही आए भने, मझेरीमा राख्तै जाउँला । अरू प्रतिकृयाहरूको आशमा !

Leave a Reply

Your email address will not be published. Required fields are marked *