Skip to content

सरस्वती बन्धना
तिर्थ (यात्री)पौडेल
आज तिम्रो पावन दिवशमा अर्पंछु भक्ति साथ
सम्मानका सुमन सहित चरणमा पारि माथ
गाइ स्तुति ,करकोमलले चढाई पुष्प माला
दिइ ज्ञान सकल जनमा पारि भित्रि उज्याला

स्वाधीनता खातिर जनमा सबुद्धि दिइकन
रिस राग छल कपटहरु सब नस्ट पारिकन
नेपाली सबमा नेपाली पनको अस्तित्व हाली दिनु
सानो ठुलो ,त त र म म को अहंता नाशी दिनु

शिक्षाले सबका घरका जनामा उज्यालो छरी दिनु
मेची ,काली र लेक बेसिहरुमा दियालो बालि दिनु
गाउ, बस्ति, झुपडी , बुकुरा ,शिक्षाको ज्यिति लिइ
आउनु माता सबका घरमा शिक्षा सबैलाई दिनु ,
लखनपुर ३ ,झापा ,नेपाल ,
हाल;बहाराइन .

Leave a Reply

Your email address will not be published. Required fields are marked *