Skip to content


यो शहरमा साह्रै, हेपिदैछ ऊ ।
इमान्दारिता देखाएर, चेपिदैछ ऊ ।

आत्मनिर्भर बन्छु भन्दै शहर झरेको,
हरपल पैसासँग, नापिदै छ ऊ ।

बगलीमा छिपाएर छुरा राख्नेहरूसँग,
रामरामको नाममा, जपिदै छ ऊ ।

आफ्नो स्वार्थ पर राखी अरुहरूकै लागि,
दुख पीडा अप्ठ्यारोमा, थापिदै छ ऊ ।

बसन्तमा पलाउनु पर्ने हो नि ‘विपिन’
डढेलो सल्किएर, सखापिदैछ ऊ ।

-भुपेन्द्र बिसी
विकाशनगर, कोहलपुर बाँके

Leave a Reply

Your email address will not be published. Required fields are marked *