Skip to content

हिँडिदिन्छु तिमी आईनौ भने


के नै फरक पर्छ र मलाई, तिमीले मायाँ लाईनौ भने,
पर्खनुको पनि सिमा हुन्छ, हिँडिदिन्छु तिमी आईनौ भने ।।

दिन, महिना भन्दा भन्दै, पर्खायौ यत्तिका बर्षहरू
आजै ! यो साल, यो महिना, यो दिन भनी, समयको टुङ्गो लाईनौ भने,
पर्खने छैन भुलेर पनि, हिँडिदिन्छु तिमी आईनौ भने ।।

अझै ! पर्ख–पर्ख भन्छौ कति? वाक्क दिक्कै लागी सक्यो
आनन्दै हुन्थ्यो मलाई पनि, तिमीले यदि चाहिनौ भने,
फेरीपनि पर्खि बस्छु तर, हिँडिदिन्छु तिमी आईनौ भने ।।

न त बाचा गर्यौ कुनै, न त कसम खायौ तिमीले
तु ! बाहाना छोडी, बाचा गरी, अब पनि कसम खाईनौ भने,
आजै ! यो साल, यो महिना, यो दिन भनी, समयको टुङ्गो लाईनौ भने,
पर्खनुको पनि सिमा हुन्छ, हिँडिदिन्छु तिमी आईनौ भने ।।

पुस्कल पौडेल (प्रतिक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *