Skip to content

तिमीलाई मन नपर्ने कविता


ऊ,
सिरिजङ्गाको,
रगतले भरिएको कलमबाट
साचै प्रीथक
रातो कविता लेख्दै छ ।
उसको कवितामा…
मुक्तिको,
स्वतन्त्रताको,
स्वाभिमानको,
इमानको,
ईतिहासको,
अस्तित्त्वको,

पहिचानको आवाजहरु चिच्याउछन ।
मानौ नरोकिने क्रान्ति…
यो सुनामी हो आवाजहरुको ।
यी आवाजहरु
तिमी सुन्न सक्दैनौ
हो ऊ
त्यही कविता लेख्दैछ,
जो तिमीलाई मन पर्दैन ।
ऊ,
सिरिजङ्गा
फासिको तख्तामा बाधिन्दा !
“म पछी पुन:फर्केर आउछु”
भन्दै हासी हासी
मृत्‍यु रोजेको
सत्य गौरब गाथा लेख्दैछ कवितामा ।
लेख्दैछ
सिरिजङ्गाको पुनर्जन्मको कविता ।
र ,
लेख्दै छ
फाल्गुनन्दको
समाज सुधारका
उज्यालो ज्ञानहरको निरन्तरता ।
ऊ लेख्दै छ
इमानसिङ्ले लेखेका ईतिहासको
अर्को ईतिहास कवितामा ।
लेख्दैछ
काङ्सोरेको
बलिदानिपूर्ण ईतिहास कवितामा ।

लेख्दैछ,लेखिरहन्छ….
सेसेलुङ र फक्ताङ्लुङ्को
काख भरी भरी
गमक्क फुलेको
सुन्दर फुलबारी
लिम्बुवानको कविता ।
तिम्रो एकात्मकबादी
थोत्रो सगुरो मनहरुको कारण
लिम्बुवान पढ्न सक्दैनौ,
खम्बुवान पढ्न सक्दैनौ,
ताम्बासलिङ,मगरात पढ्न सक्दैनौ,
नेवा:खल,तमुवान र थारुवान पढ्न सक्दैनौ,
मधेस,खस,कोचिला र कर्णालीहरु
तिमी पढ्न सक्दैनौ
हो ऊ त्यही
सुन्दर फुलबारिको
साचै सुन्दर र सुन्दर
मालाको कविता लेख्दैछ ।
जुन तिमीलाई मन पर्दैन
हो ऊ त्यही लेख्दै छ
यो नयाँ युग र पुस्तालाइ मन पर्ने
तर
तिमीलाई मन नपर्ने कविता ।

१०,मार्च्,२०१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *