Skip to content

बिछ्यौनामा परिछौ रे भेट्न आउँछु आमा

  • by


बिछ्यौनामा परिछौ रे भेट्न आउँछु आमा
भ्रष्ट्राचारी ज्यानमारालाई रेट्न आउँछु आमा ।

लुछाचुडी गर्दै नेता तिम्रो ईज्जत लुट्दै छन् रे
तिम्लाई लाको कालो दाग मेट्न आउँछु आमा ।

कर्म अनि धर्म देशको माटो प्यारो लाग्दा मलाई
बिदेश छाडी मातृभूमि टेक्न आउँछु आमा ।

नालापानी सुस्ता अनि बुद्ध बेच्न लागे भन्दै
रुदै हौली पीर नगर छेक्न आउँछु आमा ।

शहिदको रगतले बनेको यो देश हाम्रो
मेट्न दिन्न ईतिहाँस लेख्न आउँछु आमा ।

भरतपुर-१३,गजलकुन्ज
चितवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *